तुलसीपुर , भदौ १ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले तुलसीपुर १३ दमारगाउँ र तुलसीपुर ११ मोतिपुरका वाढी ग्रस्त क्षेत्रको निरिक्षण गर्नुभएको थियो ।

shankar pokhrel

उहाँले सो क्रममा वाढीपीडितका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि आफुले पहल गर्ने वताउनु भएको थियो । पाटीको तर्फबाट वाढीपीडितका लागि सवै संसदबाट एकदिन वरावरको पारिश्रमिक दिनुका साथै मृतक परिवारलाई राहत स्वरुप ५ लाख दिनका लागि सरकारको ध्यानाकर्षण गराउने वताउनु भएको थियो ।

पुर्वमन्त्री पोख्रेलले घर भत्केका हरुलाई पुननिर्माणका लागि राहत स्वरुप ३ लाख र सहुलियत ऋण ३ लाख दिनका लागि पनि सरकारसँग पहल गर्ने वताउनु भएको थियो । निरिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली, मेयर घनश्याम पाण्डे, सह संयोजक श्रीधर पौडेल लगायतको सहभागिता रहेको थियो ।