गोविन्द खड्का
मेयरका प्रत्यासी भुप बहादुर डाँगी , उपमेयर पुष्पा श्रेष्ठ, घोराही १५ का वडा निर्वाचीत अध्यक्ष रमेश पाण्डेय, पार्टी सचिव शंकर प्रसाद डाँगी लगाएत विद्युतका पोलमा चढेको फोटा बिहिवार फेसवुकमा सार्वजनिक भयो । उनिहरुका हात हातमा पोल वाट निकालेका रुख चिन्ह अंकीत झण्डा थिए ।

bhupbahadur 123

तिलक रावतले सार्वजनिक गर्नुभएका तस्विरमा भ¥याङ चढेर विद्युतका पोल बाट नेपाली कांग्रेशका झण्डा निकालीदै थियो । स्थानिय तहको चुनाव ताका घोराही बजारमा तोरण बनाएरै झण्डा टा“गिएको थियो । सबै भन्दा धेरै सूर्य चिन्ह अंकित एमालेका झण्डाहरु बजार क्षेत्रमा देखिन्थे । त्यसपछि कांग्रेश, माओवादी केन्द्र र अरु साना दलहरुले प्रचार सामाग्रीका रुपमा विद्युत पोलमा झण्डा बा“धे । निर्वाचन आचार संहिताले छुने मतदान केन्द्र आसपासको आयोगका कर्मचारीले मतदान नहुदै हटाए । राजनीतिक दलहरुले चुनाव सकिएको एक महिना पुग्न लाग्दा पनि वास्ता गरेनन् । पहिलो कदम कांग्रेशका मेयर उम्मेद्धारले चाले ।

विद्युतका पोलमा चढेर आफ्ना झण्डा हटाई घोराही उपमहानगरपालिकाका कांग्रेशहरुले सफा अभियान चलाएको छ । तुलसीपुरमा मेयर घनश्याम पाण्डेले पदबहाल नहुदै यो काम गर्न लगाएको खबर सार्वजनिक भएको छ । लमहिका मेयर कुलवहादुर केसि बेल्चा बोकेर नाला सोहर्न पुगे । घोराहीका मेयर नरुलाल चौधरीको यो आलेख तयार गर्दा सम्म एउटा पनि टिप्पनी हुने काम भेटिन । जसले समाजमा चर्चा पावस र बाहिरी प्रभाव देखाउने हैसियत राखोस् । तयारीको चरणमा छ वा मेलो मेसो नपाएर अलमलमा हराएको बुझ्न सकिएको छैन ।

पदबहाल गरेको केहि दिनमै घोराहीको भृकुटि नगरमा ठुलै भोजको आयोजना गरीयो । त्यसमा सरिक हुनुको अर्थ बजारले खोजीरहेको छ । त्यो सभ्य र भव्य भोजमा हतार हतार जनप्रतिनिधी सरीक हुने समय र कार्यक्रम मिलाउन सके । दिनहु जसो बधाई तथा शुभकामनाका कार्यक्रम भ्याएकै छन् । त्यति समय दिएर कुनै नया एक्सन दिन नसकनुको कारण के हो ? नगरवासीले बुझ्न चाहेका छन् । अर्कोकुरा स्पष्ट निति निर्देशन नआएकोले कामको मेसो पनि छैन रे ? त्यसो भए कार्यालय भित्रै के को अलम झलममा दिन कटाउनुभएको छ ? बैठक डाक्ने, सिन्को नभाचेर स्थगित गर्ने, बजेट बनाउन नसक्ने, अनि के गर्ने त मेयर साव ?

20229380_10212022304584219_2492682209703491382_n

त्यसैलेहोला भित्र भित्रै भुसको आगो जस्तौ भोज खाएको विषय सल्किरहेको छ । भोज खुवाउनुको स्वार्थ मेयर नरुलाल चौधरीको टिमले चाल्ने आगामि कदमले जवाफ दिने छ । सिमसार मासिने गरीका प्लटिङ बन्द हुन्छ हुदैन । भवन निर्माण मार्गदर्शन अनुसार घर बन्छन् कि बन्दैनन् । साना ११ हातका टुक्रामा घर बन्ने, नक्सा पास नहुने जस्ता समस्यामा नगरको कदमले नै भोजको गुण तिर्ने छ । तर, ईमान्दार मानिने मेयर चौधरी कसैको मतियार बनेर भोज खाएको धेरैको अनुमान छ । त्यसकै आधारमा जग्गा प्लटिङ लगाएत कुनै पनि विषयमा कमजोरी गर्ने छैनन भन्ने विश्वास छ । तर, पनि सार्वजनिक रुपमा महत्व राख्ने कुनै पनि कदम नचालेको अबस्थाले एक्सनमा जादैनन्, सबैतिर हजुर हजुर भन्दै हराउछन् र सोझो पनको फाईदा फट्याई गर्नेहरुले उठाउछन कि भन्ने खतरा उब्जीएको छ । नगरवासिमा बढ्दै गएको यो चिन्ता निवारण गर्न एउटा कदम चाल्नै पर्छ । एक महिना नपुग्दै समिक्ष गर्ने समय भने अझै भएको छैन । त्यसो भन्दैमा गल्ती गर्ने छुट दिनुहुन्न ।

असाध्यै खड्केको कुरा फोहर व्यवस्थापनको हो । पहिलो गासमा ढुंगा भने झै ल्याण्डफिल साईटको आन्दोलनले तनाव बढायो । चार दिन पछि मात्रै घोराहीको फोहर उठ्न सक्यो । जानकारहरु भन्छन् यति लामो समय फोहर उठाउन रोकिएको धेरै पटक भएको छैन । भारतले गरेको नाका बन्दि र मधेश आन्दोलनको चक्का जाम हुदाका बखत पनि घोराही बजार सफा थियो । यति धेरै फोहरका थुप्रा लागेनन् । यसपटक सबै आत्तीने गरी फोहर रोकियो । घोराही उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारीले समस्या सामान्य छ भनिरहे । आज समाधान हुन्छ, भोलि सामाधान हुन्छ भन्न छोडेनन् । गेटको ताला खुलाउन पनि सकेनन् । ठुला समस्या छैनन् भन्न नछोड्ने, उता बजारको फोहर नउठाउने नियतका बारेमा बजार बासी अलमल रहे । त्यसो हुदा पनि मानवीय हितका लागि चालिएको कदम बुझेका छन् ।

20139935_10212022302584169_2311608512894772883_nकेहि नगरेको भन्न खोजेको होईन । घोराही १४ र १५ का वडा अध्यक्षहरु सुन्दर शहरको अभियानमा अघि बढि सकेका छन् । सरसफाइ समितिको संयोजक हुदैको कामलाई १४ का अध्यक्ष शक्तिराम डा“गिले निरन्तरता दिएका छन् । अहिले जनताले भारी मतले डा“गिको सरसफाइ प्रतिको कदमलाई अनुमोदन गराएको छ । उनले धेरैलाई खसालेको फोहर टिप्न लगाएका छन् । केहि विवाद गर्न खोज्नेहरुलाई सहमत बनाएका छन् । जसले घर अगाडि थोरै फोहर थुपार्छ उसलाइ गाडि बाटै खन्याईदिने भनिएको छ । जसले आफ्नो घर, पसल व्यवसाय अघि फोहर जम्मा गर्छ, घर भित्र बाट ल्याई थुपार्छ उसको फोहर कुनै हालतमा नउठान कर्मचारी अर्जुन आचर्यको टिम लागेको छ । घोराही १५ काक अध्यक्ष रमेश पाण्डेयले पनि फोहरको थुप्रामा पुगेरै सफ ागर्ने हिम्मत देखाएका छन् । यहि गतिले बढे केहि दिनमै घोराही सफा हुन्छ । मेयर चौधरी नेतृत्वको उपमहानगरपालिकाकै अभियान ठान्नुपर्छ ।

चिया प्युन शिववस्ती टोलको पौडेल डेरीमा बसेको बेला अधिवक्ता कृष्ण बहादुर डा“गिले नया प्रतिनिधिले गरेको नया काम सोध्नुभयो । त्यसको जवाफ म संग थिएन । उहाले पनि लक्षयण राम्रो देखिएन भन्नुभयो । त्यसैमा सहमति जनाउन बाद्य भयौ । हुन त सय दिन नहुदै समिक्षा गर्न हतार हुन्छ । त्यसो भन्दैमा सय दिन कुरेर बस्ने होईन । धेरै दिन बा“कि छ भनेर हाई सुक्के गरे व्यर्थै जान सक्छ । अधिवक्ता डागिले जस्तै धेरैले काम गरेर देखाउ भनिरहेका छन् । सामाजिक सुरक्षा भत्ता घर घरै बाड्ने, थप गर्ने भनेको जनताको कर बढाउने हो । त्यसलाई त्यति महत्व दिनुहुन्न । त्यहि निर्णयलाई बोकेर जनप्रतिनिधिको वाहवाही गर्न सकिन्न ।

20246441_10212022298144058_4689706517267267677_nकेहि बुद्धिजिविले मेयर निति कार्यक्रम बनाउने स्थान हो । उसैले झाडु बोकेर सडकमा आउनु पर्दैन भन्नुभयो । त्यसको जवाफ सासुले वुहारी, बुहारीले कुकुर र कुकुरले पुच्छर डोलाई भन्ने उखानले दिन्छ । सकिए जति र समयले पुगेजति काम सबैले गर्नै पर्छ । त्यसमा पनि कम्युनिष्टले जितेका क्षेत्रहरुमा सानोठुलोका अन्तर धेरै देखाउनुहुन्न । अघिल्लाले कजाई खाने बानीले हामिलाई विगारेको छ । अरुको काम खाने सिष्टमले बडापनको विकास बनायो । ठालुहरुको जमात बढ्दै गयो । काम गर्ने मान्छेहरु घटे । काम गर्न लाजमान्ने संसकार झांगियो । गतिला युवाहरु विदेशीन लागे । उताको झाडु पुछो लगाउने । यता नुहाएर ठुला गफ छा“ट्ने संस्कारको विकास भयो । अहिलेका जनप्रतिनिधिले यति कुरा बुझेनन् भने जनतामा परिवर्तनको आभास दिन सक्दैनन् । अगुवाले आफै काम गर्ने जिल्ला शिक्षा अधिकारी रमेश मैनाली बाट सिक्नु पर्छ । उनले आफ्नो कार्यालय मात्रै हाईन केहि विद्याल पुगेर बढारेका छन् । मैनालीले विद्यालयमा फोहर टिपेपछि प्रअ थपिए, अरु शिक्षक र विद्यार्थीले सफा गरे । त्यसता गतिला उदाहरण बाट हामिले लाभ उठाउनै पर्छ ।

फेरी पनि नगरवासीले सानै भएपनि परिवर्तन चाहान्छौ । थोरै भएपनि विकास भएको हेर्ने रहर सबैको छ । त्यो भाषण वा पत्रकार सम्मेलनले हुदैन । माओवादि केन्द्रका मेयर प्रत्यासी जीवन गौतम त्यतिमै सिमीत भए । काम गरेरै देखाएर मात्रै सम्भव छ । मतदाताले भोट दिने बेला सम्म यादगर्न सक्छ ।

एक दिन नाटक गरेको भन्ने शब्द व्यापक छ । फोटा खिचाउन र पत्र पत्रिकामा छाउन डागीले गरेको भन्ने हलुका टिप्पनी हुन्छ । ति चिया गफमा फलाक्ने माहनुभावले बुझ्नु पर्छ केहि नगरेको र एक दिन गरेकोमा कति फरक हुन्छ । एक दिनलाई शुरुवात मान्न सकिन्छ । ढिलो चाडो टुंगिन्छ । त्यो अरुका लागि सिकाई हुन्छ । जसले केहि कामको शुरुवातै गर्दैनन् तिनको के अर्थ ? कांग्रेशले एक गरेकोलाई गरेन भन्न मिल्दैन । निरन्तरता भनेको अरुले पनि एक एक दिन गरौ भन्ने हो । उसले गरेको तमासा हेर्ने होईन । उसका कुरा सिक्ने, तर्क वितर्क गर्ने, ईतिहास कोट्याउने र कमी कमजोरी भेटिए त्यसैले थिचेर राम्रोको नामेट गर्ने होईन । त्यहि प्रबृत्तिलाई खुट्टा तान्ने भन्न सकिन्छ । त्यसलाई एकले अर्कालाई खसालेर अघि जाने संसदिय फोहरी खेल भन्छन् । त्यसो नगरी कांग्रेशले चलाएको अभियानलाई व्यापक बनाउ र आगामि दिनमा निरन्तरता दिएर एउटा टुंगोमा पु¥याउने आत्मसाथ गरौ ।