दिपक बोहरा

तुलसीपुर, ८ साउन । आज भन्दा ठिक सातबर्ष पहिले निर्मम हत्या गरिएका देबिप्रशाद धित्तालकी छोरी मनिशा धित्तालले वुवाको हत्यारा छिटै पत्ता लगाईदिन प्रहरी समक्ष आग्रह गरेकी छन् । रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धित्तालको ७औं स्मृतीको अवसर पारि शनिवार आयोजना गरिएको अन्तरक्रियामा सहभागी भएका जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरुलाई उनले आफ्ना बुवाका हत्यारा कहिले पत्ता लाग्छन् भन्ने आशयको प्रश्न गरेकी थिइन ।आफ्ना बुवाका हत्यारा र हत्याको कारण पत्ता नलाग्दा आफुहरु त्रासमै रहेको उनले बताइन ।

hemaraj dhitalaki 6ori

उनले भावबिहोल भनेकी थिइन ‘वुवाको हत्यारालाई समयमै कठघरामा ल्याउन नसक्दा आज राजकुमार र रत्नबहादुरहरुको पनि हत्या भएको आशंका भइरहेको छ ।’
उनले फितलो कानुनले गर्दा अपराध बढेको तर्क प्रस्तुत गरेकी थिइन । त्यही व्यक्ति एउटालाई हत्या गरेर केही समय जेल परेर फेरि निस्किएर अर्काैलाई हत्या गरेको देखिन आएको हुँदा त्यस्ता हत्यारालाई फाँसीको व्यवस्था हुनुपर्ने मनिसा धितालको माग थियो । उनले प्रहरी र सरकारलाई मात्रै दोष दिनु भन्दा नागरिक अपराधका विरुद्धमा एक जुट भएर आवाज वुलन्द गर्नुपर्ने उनको धारणा थियो । उनले यो भनिरहदा कार्यक्रम हल भाव बिहोल बनेको थियो । त्यहाँ उपस्थित हेमराजकी आमा र पत्नी आँशु पुच्दै थिए ।

देवीप्रशाद धिताल (हेमराज) की छोरी मनिषा धितालले दाङको तुलसीपुर घर हो भन्दा आफ्ना साथिहरु त्रर्सिने गरेको बताइन । काठमान्डौंमा साथिहरु समेत दाङमा हुँदै आएका निरन्तर हत्या काण्डले दाङको नाम सुनेर त्रर्सिने गरेको उनले बताएकी हुन ।

रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको काँग्रेसको चुनावी प्रचारवाट फर्किने क्रममा २०६७ साल साउन ६ गते राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा अज्ञात समुहले गोलि हानी हत्या भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सबै बक्ताहरुले पनि लामो समय सम्म पनि हेमराजका हत्यारा पत्ता नलागेको भन्दै आक्रोस पोखेका थिए । उनीहरुले हेमराजका हत्यारालाई कानुनी कठघरामा ल्याउन नसक्दा तुलसीपुरमा अपराधिक क्रियाकलापले प्रसय पाईरहेको बताएका थिए । सबै बक्ताहरुले छिटो भन्दा छिटो हेमराजका हत्यारा पत्ता लगाउन प्रशासनलाई आग्रह समेत गरेका थिए । त्यस अबशरमा जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डिएसपी भुबनेश्वर तिवारीले घटनाको बारेमा छानबिन भईरहेको बताए । ‘ प्रहरीले कहिल्यै बिश्राम गरेको हुँदैन्’ उनले भने‘ तर प्रहरीले गरेका सबै काम बाहिर देखिदैनन् ।’ उनले वर्षाैं पछि रणवहादुर वमका हत्यारा पत्ता लागेको उदाहरण दिँदै एक दिन धितालका हत्यारापनि पक्राउ पर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष हरि प्रशाद रजौरीयाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले नागरीकले पनि प्रहरीलाई सुचना दिएर अपराधिक गतिबिधि न्युनिकरण गर्न सहयोग गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले प्रहरी बर्दि सहितका प्रहरी भएपनि नागरीक बर्दि बिनाका प्रहरी भएको भन्दै अपराधिक गतिबिधि न्युनिकरण गर्न प्रहरीलाई सहयोग गर्न आग्रह गरे । त्यस्तै नेपाली सेनाको १९ नं. बाहिनीका बाहिनीपति बिनोद कुमार पाण्डेले नागरीकहरुको सानो सानो गल्तिले पनि सुरक्षामा चुनौती देखिएको बताए ।

तुलसीपुर क्षेत्र सुरक्षाको दृष्टिले संबेदनशिल रहेको भन्दै यहाँको सुरक्षाको लागि नागरीहरु पनि अआफ्नो क्षेत्रबाट पहल थाल्नु पर्ने बताए । तुलसीपुुर उपमहानगरपालिका ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, ६ का अध्यक्ष नबराज लामिछाने, जनमुक्ति पार्टीका लिला पुन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका हंसराज केसी, नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्य, रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी, मानव अधिकार तथा रक्षक सञ्जाल दाङका अध्यक्ष शुष्मा गिरी, राप्ती समाचार राष्ट्रिय दैनिक प्रकाशन संस्था मल्टिपल मिडिया प्रालिका अध्यक्ष तेज बहादुर कार्की, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, तुलसीपुर उद्योग बाणिज्य संंघका उपाध्यक्ष मिनराज भण्डारी, पत्रकार गणेश आचार्यलगायतले भनाई राखेका थिए । राप्ती अञ्चल सार्बजनीक यातायात बस व्यबसायी समितिका अध्यक्ष शुरेस हमालले स्वागत मन्तब्य गरेको कार्यक्रमको सहजीकरण पत्रकार शुसिल बस्नेतले गरेका थिए । रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको काँग्रेसको चुनावी प्रचारवाट फर्किने क्रममा २०६७ साल साउन ६ गते राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा अज्ञात समुहले गोलि हानी हत्या भएको थियो ।