बनेपा, ८ साउन । बनेपा बसपार्कमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एकै परिवारका चार जनाको मृत्युको घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले सो घटनाबारे सूक्ष्म ढंगले अनुसन्धान सुरु गरे पनि हत्या वा आत्महत्याबारे कुनै भेउ पाउन सकेको छैन । यद्यपि, स्थानीय बासिन्दा भने उनीहरूले विष पिएर आत्महत्या गरेको भनेर सहजै मान्न तयार छैनन् ।

Mahila-Deth-Girlशुक्रबार राति ९ बजे एकै परिवारका चार जनाको शव होटल गौतमभित्र फेला परेको थियो । साविक टुकुचा नाला स्थायी घर भएर बनेपा बसपार्कमा गौतम होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षीय बाबु हरिभक्त दाहाल, ६० वर्षीया आमा हरिमाया दाहाल र २५ वर्षीया बहिनी रञ्जना दाहालको शव फेला परेको हो । सो होटल बनेपा बसपार्कमा चल्तीकै होटल मानिन्छ ।

अघिपछि राति ९ बजेपछि मात्रै बन्द गरिने होटल शुक्रबार भने दिउँसो ३ बजेदेखि नै बन्द गरिएको थियो । राजधानीमा खबर छ । होटलको सटर भित्रैबाट बन्द गरिएको थियो । दिउँसै होटल बन्द गरिनु, भित्रबाट बन्द गरिएको होटलमा कुनै चालचुल नदेखिनु, बन्द भए पनि सटर अगाडि कोकाकोलाको सिसी फुटेको देखेपछि शंका गरी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दुवैतर्फको ढोकाभित्रैबाट बन्द गरिएको अवस्थामा प्रहरी सटर फोडेर भित्र पस्दा चारै जनालाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज राईले बताए । घटनास्थलबाट प्रहरीले सेलफस नामको विषको भाँडो फेला पारेको थियो । प्रहरीले शव परीक्षणपछि मात्रै आत्महत्या वा हत्याबारे जानकारी हुने भन्दै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

यो घटनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पनि सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । ब्युरो टोली शनिबार बिहानैदेखि अनुसन्धानमा जुटेको थियो । डीएसपी राईले सो घटना आत्महत्या वा हत्या के हो अनुसन्धान भइरहेको बताए ।