केशरमान बुढाथोकी
दाङ ७ , साउन । रुकुमबाट दाङ आएर विभिन्न पेशा र ब्याबसाय गरेर बसेका समग्र रुकुमेलीका अभिभावक गणेश शाहको निधन भएको छ । जीवनको एक चौथाई उद्दमी , एक चौथाई साहित्यकार , एक चौथाई समाजसेवी र एक चौथाई अभिभावक बनेर स्थापित पाका पुस्ता गणेश शाहको दुखद निधनले यतिबेला दाङ स्तब्ध बनेको छ ।
कलकलाउदो उमेरमा रुकुमबाट दाङ झरेर कठोर संघर्ष गर्दै उद्योग तथा ब्याबसाय क्षेत्रमा स्थापित शाहको ६९ बर्षको उमेरमा घोराही नगरपालिका– १४ शिबमन्दिर टोलको आफ्नै निवासमा आकस्मिक निधन भएको हो ।
पुष्ठ शरीर , अग्लो कद , हसिलो चेहरा , लाल लाल गाला अनि ओठमा मन्द मुस्कान सहित विभिन्न औपचारिक कार्यक्रममा हेण्ड क्यामरा लिएर पुग्ने साहित्यकार शाह रुकुमेली एकता समाज दाङले आयोजना गरेको तीज मिलन कार्यक्रममा केहि बर्ष अगाडी यसरी छम छम नाचेका थिए । https://www.youtube.com/watch?v=Gr2I_33L16s
“रुकुमेली एकता समाज दाङ ले आयोजना गरेको तीज मिलन समारोहमा स्वर्गीय गणेश शाहले प्रस्तुत गरेको नृत्य उहाँको सम्मानार्थ यहाँ प्रस्तुत गरिएको छ।”
तर २ दिनको घाम छायाँ जस्तो मानिसको जीवन ती खाइलाग्दो जिउका रमाइला शाह आज यो धर्तीमा छैनन् । छ त केवल उहाँका स्मृती मात्र । केहि समय अघिबाट उच्च रक्तचाप, मधुमेहलगायतका रोगबाट ग्रसित शाहको पछिल्लो समय पेटमा घाउ देखिएको थियो । त्यहि घाउ उपचार गर्ने क्रममा क्यान्सर भएको पत्ता लाग्यो अनि बोल्दाबोल्दै शाहले प्राण त्याग गर्नुभयो । विभिन्न रोगले च्यापेको भए पनि सामान्य अवस्थामा देखिनुभएका शाहको शुक्रवार खान खाएर आराम गरेको बेला एक्कासी निधन भएको हो । रुकुमकोट पुडियाघरका संस्थापक समेत रहेका शाहले निधनले समग्र रुकुमेलीले एक कुसल अभिभावक गुमाएको छ । मृतक शाह प्रति इन्द्रेणी अनलाइन परिवारले हार्दिक श्रद्दान्जली अर्पण गर्दै मृतकका परिवारजन प्रती गहिरो समवेदना प्रकट गर्दछ ।
