काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९औँ स्मृति दिवस आज शनिबार मनाइँदैछ ।

downloadसमानतामा आधारित वैचारिक चेतनाको विकास, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र मुलुकबाट गरिबी अन्त्य भए मात्र पुष्पलालको सपना साकार हुने भनाइ उहाँलाई नजिकबाट बुझ्नेहरूको छ ।

वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता तुलसीकुमारी र पिता भक्तलालको माहिला सुपुत्रको रूपमा जन्मिनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा निधन भएको थियो ।