इन्द्रेणी संवाददाता
दाङ, १४ असार । स्थानीय तहको निर्वाचन दोस्रो चरणको निर्वाचन दाङमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाका तीन सय ५१ वटै मदतान केन्द्रमा शान्तिपूर्ण वातारवरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।

1 (1)जिल्लामा करीव ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत चुडामण खड्काले जानकारी दिएका छन् । दाङमा २ लाख ९१ हजार १ सय ७३ मतदाता भएकोमा ७० प्रतिशत मत खसेको हो ।

मतदानको समयमा जिल्लाका विभिन्न स्थानमा छिटपुट घटना वाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । मतदान सम्पन्न भएपछि मतपेटिका सम्बन्धीत स्थानमा ल्याउने काम शुरु भएको छ ।