The Indian and Nepalese Mi-17 helicopters being pressed into action during Rescue and Relief operations in the earthquake hit Nepal.

इन्द्रेणी संवाददाता
दाङ, १४ असार । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि दुई वटा हेलिकोप्टरको पनि व्यवस्था गरिएको छ ।

The Indian and Nepalese Mi-17 helicopters being pressed into action during Rescue and Relief operations in the earthquake hit Nepal.
सुरक्षाका लागि जिल्लाका एक सय ५१ वटै मतदान केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रशरी र म्यादी प्रहरी परिचालन गरिएको छ । सुरक्षाका लागि करीव ३ हजार ४ सय वढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दाङ भारतीय सीमासँग जोडिएकाले जिल्ला हो । त्यसैले पनि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँका १ सय ५१ मतदान केन्द्रमध्ये ४ वटालाई अतिसंवेदनशील, १३६ मतदान केन्द्रलाई सम्वेदनशील मानिएको छ ।