दिपक बोहरा
तुलसीपुर । दाङको बजारमा रिनोल्ड कम्पनीका कार भित्रिएका छन् । ६ महिना अघि नेपालमा भित्रिएका ती कारहरु अहिले दाङका बजारमा आएका छन् । कम्पनिले उत्पादन गरेका दुई प्रकारका कारहरु अहिले दाङका बजारमा उपलब्ध भएको म्यानेजिङ्ग डाईरेक्टर आयुस श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सानो र ठुला दुई प्रकारका कारहरु बजारमा आएका छन् । ८ सय र एक हजार सिसि भएका साना कारलाई १७ लाख देखी २१ लाख सम्म पर्ने श्रेष्ठले बताए । उनले साथै पेट्रोलबाट चल्ने १६ सय र डिजेलबाट चल्ने १५ सय सिसिका ठुला कारलाई ३६ लाख देखी ५६ लाख सम्म पर्ने जानकारी दिए ।
ती कारहरुमा ग्राउण्ड किलिएर, ऐयर ब्याग , एलईडि, म्युजिक प्लेयर, पावर विन्डो, रिमोर्ट कन्ट्रोल हुनुका साथै २५.१७ को माईलेज दिने म्यानेजिङ्ग डाईरेक्टर श्रेष्ठले बताए । साथै ती कारहरु किन्दा ५० प्रतिसत भुक्तानी गरेमा ८.९ प्रतिसत व्याजदरमा बित्तिय सुबिधा पनि रहेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार घोराहीका जोसी अटो भिला र तुलसीपुरको बाहिनी चोक नजिकै पाईन्छन् ।











