काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा सहयोग गरेर आफूलाई कांग्रेसले गुन लगाएको बताएका छन् ।

pm parchandआज व्यवस्थापिका संसदको दोस्रो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै प्रचण्डले प्रधानमन्त्रीमा सहयोग गरेर आफूलाई कांग्रेसले गुन लगाएको र सो गुन आफूले राम्रैसँग तिरेको बताए ।

प्रधानमन्त्री बन्न लागेका देउवालाई शुभकामना दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।तर, यो पटक विल्कुल भिन्न परिस्थितिमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ । हिजोका राजा महाराजाले कहिले फाल्ने र कहिले बनाउने जस्तो होइन ।’

यो समाचार तयार पार्दासम्म व्यवस्थापिका संसदको बैठक चलिरहेको छ भने बैठकलाई शिर्षनेताहरुले सम्बोधन गर्ने क्रम चलिरहेको छ । बैठकबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउनेछ ।