बैतडी, २२ जेठ । सेताम्य फुलेका कपाल, चाउरिएको अनुहार डिलाशैनी गाउँपालिका १ का ६८ बर्षीया जञ्जाली रानालाई करीब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुशी तुल्याएपनि भोट दिन भने निकै सकस परेको छ ।

ind photoआँफैले जन्म दिएका दुई छोरा अलग अलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । उहाँले भन्नुभयो ‘मेरा दुईटै छोरा उम्मेद्वार बनेका छन् । दुवै छोराको बराबरी माया लाग्छ तर भोट कसलाई दिने म साह्रै सकसमा परेको छु ।ु
जञ्जाली रानाका जेठो छोरा कर्ण बहादुर राना नेपाली कांग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेद्वार बन्नुभएको छ भने कान्छा छोरा लोकेन्द्र राना९शितल० नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेद्वार बन्नुभएको छ । ‘दुवै पार्टीले मेरा छोरालाई रोजे यसमा म ज्यादै खुशी छु । तर भोट कसलाई दिने हामी घरपरिवार अलमलमा परेका छौं ।

उहाँले भन्नुभयो, ‘म पञ्चायतकालमा राजनीति गरेको मान्छे हुँ । तर अहिले गाउँ नै घुम्न असजिलो भइरहेको छ । गाउँमा गएपछि तपाईको कुन छोरालाई भोट दिने भन्छन् । मलाई उत्तर दिन साह्रै गाह्रो भइरहेको छ ।

दुवै छोरा उम्मेद्वार बनेको खुशी भएपनि आफूले गाउँ घुम्न नपाएको निकै दुःखी भएको जञ्जाली रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जीवनको उत्तराद्र्धमा भइरहेको चुनावको गाउँघरमा निकै चहलपहल बढेको छ । मेरो घरमा पनि गाउँलेहरु आउँछन् तपाई कसलाई भोट दिने हो भनेर सोध्छन् मलाई भन्न साह्रै गाह्रो हुन्छ ।

निर्वाचनको दिन भोट दिन जान्छु मेरो विवेकले त्यो बेला जोलाई भोट दिनु भन्छ म त्यसैलाई भोट दिन्छु । जञ्जाली मात्रै होइन जञ्जालीका अरु घरपरिवारका सदस्यलाई यो चुनावमा भोट हाल्नका लागि निकै समस्या भएको छ । अन्नपूर्ण पोष्टमा खबर छ । जञ्जालीका ७ छोरा मध्ये दुई छोरा उम्मेद्वार बनेपछि अरु भाईहरुलाई भोट हाल्न समस्या भएको हो। भोट हाल्नकै लागि काठमाडौंबाट जन्मथलो डिलाशैनी पुगेका गोविन्दबहादुर रानालाई आफ्ना दुवै दाजु उम्मेद्वार बनेपछि भोट हाल्नका लागि सकस परेको छ । उहाँले भन्नुभयो‘मेरा दुवै दाजु उम्मेद्वार बनेका छन् । कसलाई भोट दिने मलाई अलमल भइरहेको छ । बुझ्दैछु जुन पार्टीले जनताका लागि काम गर्न सक्छ उसलाई भोट दिन्छु ।

दुईभाई मध्ये एकजना जित्नेमा राना परिवार ढुक्क छन् । तर राजनीति भएकाले केही भन्न नसकिने जञ्जाली रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जसले जितेपनि हाम्रै छोरा हुन् । राम्रो काम गर्नेले जितुन मेरो इच्छा त यही छ ।