काठमाडौं २२ जेठ । बैदेशिक रोजगारीकालागी यूएईको दुबाई पुगेकी एक नेपाली चेलीको हत्या भएकोछ । सिन्धुपाल्चोक ८ , भोताङ घर भइ रोजगारीका लागि दुबाई पुगेकी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।
हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । यो खबर आजको कान्तिपुर लाइ उद्दृत गर्दै रातोपाटीमा छापिएको छ ।