दाङ, २१ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न भन्दै दाङमा पाँच जना स्थायी शिक्षकले जागरिबाट राजीनामा दिएका छन् ।

eduयसरी राजीनामा दिनेहरुमा मावि काठेकोलका विष्णुमणि दाहाल, आदर्श रात्री आधारभुत बिद्यालय गोबरडिहाका प्रध्यानाध्यापक रघुनन्दन चौधरी, हेकुली माबिका शम्भु गिरी, महेन्द्र माबि श्रीवारीका शोभाराम विक र नवज्योती प्राबि मसुरे लोहारपानीका यनुराज खत्री रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

राजीनामा दिने पाँचै जना शिक्षकहरुको राजीनामा स्विकृत भइसकेको शिक्षा कार्यालय दाङका शाखा अधिकृत शेरबहादुर बिष्टले बताए ।