काठमाडौं, १७ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनका कारण पटकपटक स्थगित हुँदै आएको कक्षा ११ को परीक्षा निर्वाचनको मिति सरेसँगै पुनः सरेको हो।

बुधबार बसेको परीक्षा बोर्ड बैठकले असार १ गतेदेखि १० गतेसम्म परीक्षा गर्ने निर्णय लिएको हो। यसअघि वैशाख २३ मा तोकिएको परीक्षा वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका सरेको थियो। त्यसयता बोर्डले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनपछि गर्ने भन्दै असार ८ गतेबाट परीक्षा गर्ने निर्णय गरेको थियो।