काठमाडौ, ८ जेठ । उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालेले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेटबारे छलफल गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री महराले राजनीतिक सहमतिकै आधारमा बजेट पूर्ण आकारमै ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

निर्वाचनका बेला निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने कुरा अर्थमन्त्री महराले बताएका छन् ।