नवलपरासी,  । नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर–२ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मतपरिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गरेका थिए । मतपरिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेवारलाई शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरिएको थियो ।

n2साँझपख एमाले कार्यकर्ताहरुले विरोध गर्दै कार्यालयमा ताला लगाएपछि पुरीले पुनः मतपरिणाम हेर्दै एमालेकी पुष्पा आलेको बढी मत भएको भन्दै आलेलाई विजयी घोषणा गरे ।

मतपरिणाम घोषणा गर्दा नेपालको १ हजार ४९ मत भनिएपनि प्राविधिक त्रुटि हुन गएको भन्दै मतपरिणाम हेर्दा नेपालको १ हजार ३९ मतमात्र देखिएकाले १ हजार ४९ मतसहित आलेलाई विजयी घोषणा गरी प्रमाणपत्र फिर्ता लिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी वडासदस्यमा निर्वाचित घोषित महिला सदस्य विन्दा नेपाल लाई तीन दिनपछि पराजित भएको भन्दै निर्वाचन अधिकृतले प्रमाणपत्र फिर्ता लगेका हुन् ।