काठमाडौं, १४  वैशाख । प्रदेश सीमांकनको विषयमा विवाद भइरहेको बेला सरकारले प्रदेश नम्बर ५ र ६ को सीमाना हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको गाविस सीमा हेरफेर गरेको हो ।

mantri parisadरुकुम र नवलपरासीका साविकका केही गाविसलाई अर्कै प्रदेशमा गाभ्ने निर्णय गरेको हो । सरकारले रुकुमको सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने तथा नवलपरासीको साविकको त्रिवेणी गाविसको केही वडालाई ४ नम्बर प्रदेशमा गाभ्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीका अनुसार बुधबार अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले रुकुमका ११ वटा गाविसलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ । त्यस्तै बाँकी गाउँ विकास समितिहरुलाई भने ६ नम्बर प्रदेशमा राख्ने निर्णय पनि गरिएको छ ।

रुकुमका गाउँ विकास समितिहरुलाई प्रदेश नम्बर ५ र ६ मा मिलाएर समावेश गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए । नवलपरासीको त्रिवेणी गाउँ विकास समितिको वडा नम्बर ६ र ७ लाई विनयी गाविसमा गाँभी प्रदेश नम्बर ४ समावेश गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

खबर डबलीबाट