काठमाडौं ,९ वैशाख । निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः निर्वाचनमा भाग लिने भएको छ । सरकारसँग शुक्रबार बेलुका भएको वार्तामा नयाँ संशोधन विधेयक पनि परिमार्जन गर्ने सहमति भएपछि मोर्चा पनि निर्वाचनमा भाग लिने भएको हो ।

ghaderi bikrimaसंसदमा पेश गरिएको नयाँ संशोधन विधेयक परिमार्जनसहित पेश गर्ने र संशोधन विधेयकको ड्राफ्टलाई शनिवार अन्तिम रुप दिने सरकार र मोर्चाबीच सहमति भएको छ ।

यो सहमतिसँगै स्थानीय तहको निर्वाचन सार्ने अथवा दुई चरणमा गर्ने भन्ने पनि शनिवार नै निर्णय हुने भएको छ । शुक्रबार बेलुका बालुवाटारमा बसेको सरकार मोर्चाबीचको दोस्रो वार्तामा संशोधन विधेयक परिमार्जनका लागि चार सदस्य समिति गठन गरिएको छ ।

समितिमा मोर्चाको तर्फबाट संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनता पार्टीबाट लक्ष्मण लाल कर्ण तथा सरकारको तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला र बुद्धिमान तामाङ सदस्य रहेका छन् ।

संशोधन विधेयकमा के के परिमार्जन गर्ने भन्ने कुरा शनिवार नै अन्तिम नै अन्तिम ड्राफ्ट तयार गर्ने सरकार–मोर्चाबीच सहमति भएको छ ।

सरकार र मोर्चाबीच शुक्रबार विहान पनि वार्ता भएको थियो । मोर्चासँगको वार्तापछि पुनः सत्तारूढ दलको बैठक बसेपछि पुनः बेलुका मोर्चासँग वार्ता भएको हो । मधेसवादी दलहरूबीच एकता भएपछि केही लचिलो भएर निर्वाचनमा जाने तयारी गरेका हुन् ।

madhesi morcha - sarakar 1मधेशी मोर्चाका मागलाई सम्बोधन गरेर सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने निर्णय लिइएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

शुक्रबार साँझ बसेको संघीय गठबन्धनसहितको मधेशी मोर्चासँगको बैठकमा सत्तारुढ तीन दलले मधेशी मोर्चाले राखेको माग सम्बोधन गर्न सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव पुन संशोधन गर्ने प्रतिवद्धता जनाएको थियो ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचनमा जाने वातावरण बनाउने सरकारबाट प्रतिवद्धता आएको प्रतिक्रिया दिए । उनले आफूहरु निर्वाचनको विरोध नभएको पनि पटक पटक दोहो¥याए ।

सरकारले भाषा, संविधानको धारा २ सय ७४ संशोधन गर्नूपर्ने लगायतका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि मधेशी मोर्चा निर्वाचनमा जान सहमत देखिएको हो । बैठकमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरु पनि सहभागी थिए । रातोपाटीबाट साभार