गोविन्द खड्का
घोराही, २८ चैत । रेष्टरुम सहितको महिनावारी स्वच्छता व्यवस्थापनको तयारीमा लागेको दाङभ्याली मावि घोराहीले जानकारी दिएको छ । विद्यँलयका प्राचार्य दान बहादुर केसिका अनुसार चरणबद्ध छलफल गरीएको छ ।
सबै क्षेत्रमा चित्त बुझाएरै अघि बढ्न भने सकिन्न । सैयौ“को संख्यामा रहेका विद्यार्थीका उत्तीकै चाहना हुन्छन् । तिनको स्तर पनि त्यहि अनुकुलको हुन्छ । ‘सबैलाई सोचेको पुरा गर्न सकिदैन’ प्राचार्य केसिकाले थप्नुभयो, ‘आधारभुत आवश्यकता पुरा गर्नु विद्यालयको कर्तव्य हो ।’ उहाका अनुसार श्वास्थ्य परिक्षणको व्यव्स्था छ । चिकित्सकहरु नियमित सपर्कमा हुनु हुन्छ ।
भवनको तलै पिच्छे शौचालय छन् । कार्यालय अगाडि राखिएका गमलाले विद्यालयमा सुन्दरताको परिचय दिन्छ । त्यस संगै चउर भरी जता बसौ भनेपनि रहर लाग्ने अबस्थाको सफाइ रमणिय वातावरण छ । महिनावारी व्यवस्थापनको लागि पनि विद्यालयले पहल गर्न सक्छ भन्ने भरोसा दिन्छन् । तर प्याड दिने व्यवस्था भने अहिले सम्म विद्यालयले नगरेको स्विकारेको छ ।
छात्रा शौचालयमा प्रयोग पछिको प्याड जम्मा गर्ने वाल्टीन राखिएको छ । विद्यालयका अनुसार प्याडहरुलाई कार्यालयमा सरसफाइ गर्ने कर्मचारीहरुले व्यवस्थापन गर्छन् । उनिहरुले नष्ट गर्न सजिलो असजिलोको महशुस गरेको बारे केहि बताएका छैनन् । खुट्टाले थिचेर ढक्कन खुल्ने बाल्टीमा जम्मा गरीन्छ । त्यसरी खोल्दा ह्रवास्स मुखमा गन्ध आउने समस्या छ । दिन भरी र रातभरी सडेका प्याडहरु विहान पख नष्ट गर्ने हो । कर्मचारीलाई सजिलो छैन । त्यसैले पनि उचित व्यवस्थापनको विकल्प खोजिएको प्राचार्य केसीले जानकारी दिनुभयो ।
शौचालय भित्रै ईन्सीनेटर जोड्न बिल्डीङ भित्र सम्भव छैन । त्यसमा पनि दुई तिन तला सम्म शौचालय छन् । बरु छुटै रेष्ट रुम सहितको एउटा छात्रा शौचालय बनाउन सकिने उपाए रहेको केसिको भनाई छ । उहाका अनुसार त्यहा एउटा दुईटा लो बेड राखेपनि पुग्छ । दुखाई हुनेहरु केहि बेर रेष्ट गरेर पुःन कक्षामा फर्किउन । महिनावारीकै कारण फर्केर घर जानु नपरोस् । त्यस संगै प्याडको व्यवस्थापन गर्न जरुरी रहेको विद्यालयले स्विकारेको छ । तर दुरुपयोग हुन्छ कि भन्ने चिन्ता छ । ‘घरका दिदि बहिनीलाई पनि चाहिन्छ भनेर बोक्न लागेभने धान्न सकिन्न’ केसिले भन्नुभयो, ‘ईमर्जेन्सी परेकालाई दिने व्यवस्था गर्न सकिन्छ’ उहाका अनुसार शौचालयमा पानीको प्रशस्त व्यवस्था भएकाले सफा गर्ने र फेर्ने ठाउ बनाउन कठिन छैन ।
पढ्दै गर्दा महिनावारी भएपछि बस्ने कुरा आउदैन । त्यसतो अबस्थामा विद्यालयले प्याड दियो भने ठुलो राहत हुन्छ । पढ्दा पढ्दै केहिलाई घर जाने वाद्यता रहेको केसिले स्विकार्नुभयो । तर कम चर्चा भएकाले महत्व पाएको छैन । महिनावारी प्रकृतिको नियम हो । बिज्ञान हो । तर संस्कारले लाजको बस्तु बनाएको छ । त्यसैले उचित व्यवस्थापनमा समस्या आएको छ । उहाका अनुसार जति सकिन्छ सरल पार्नुपर्छ । आफ्ना समस्या राख्ने र व्यवस्थापन गर्नेहरुमा सहज हुनुपर्छ । यहि कारणले धेरैको तनाव बाट श्वाथ्यमा असर नपरेको भन्न सकिन्न । धेरैले पढाईमा असर पारेका छन् । दुवै समस्या बाट मुक्तिका लागि विद्यालय छलफल मा छ । स्तरीय प्याड प्रयोग गर्नेहरुका लागि नसकिएपनि थाङना हाल्ने र सामान्य खालका प्याड चाहिनेलाई सुविधा दिन सकिन्छ । त्यसो गर्दा अधिकांशले राहत महशुस गर्छन् ।
ढाड कम्मर दुख्ने, पेट दुख्ने लगाएतका समस्या आउन सक्ने राप्ती उपक्षेत्रीय अस्पतालका स्टाप नर्स राधा पौडेलको भनाई छ । त्यस बेला प्रशस्त आराम, झोलिलो खानेकुरा, चिसो बाट स्याहार चाहिन्छ । सरसफाइ गर्ने पानी नभए पिसाव संगै ईन्फेक्सन हुन सक्छ । त्यसैले विद्यालयमा प्रशस्त पानी सहितका शौचालय अनिवार्य छ । दिनभरी सडेको रगतको पोको प्याडमा बोकेर डुलाउने छात्राहरुमा गम्भिर असर देखापर्न सक्छ । पाठेघर, मुत्र प्रणाली मुत्र थैलीमा संक्रमण हुनसक्छ ।
नर्स पौडेलका अनुसार पाठेघर श्वस्थ छ भन्ने प्रमाण महिनावारी हो । समयमा सजिलै महिनावारी हुदा सिंगै परीवार खुशि हुनुपर्छ । उत्सव मनाउने समयमा अछुत बनाएर अलग गर्नु कुरीति हो । पाठेघर श्वस्थ भएपछि महिनावारी हुन्छ । त्यसरी स्वस्थ पाठेघर बाट आउने रगत फोहर भनेर घृणा गर्नु बुझाईको कमि हो । ‘पुरुषको सुत्रकीट झर्दा थाहै नहुने महिनावारी ह“ुदा महिला किन अछुत ह ?’ पौडेलले अलि आक्रोशित हुदै भन्नुभयो ‘पाठेघरले सहि काम गयो भनेर खुशि हुनुपर्दैन ?’ उहाका अनुसार पानी बारेर हिड्ने केहि नर्स र अस्पतालका स्टाप देखेर दिक्क लागेको छ । स्वाथ्य पढेर चिकित्सक भएकाहरुले समेत विज्ञानहो भनेर स्विकार्न सकेका छैनन् । सर्बसाधारणमा चेतना आउन कठिन हुनु स्वाभाविकै हो ।