संजय कुशवाहा
नवलपरासी, २५ चैत । नवलपरासीको त्रिबेणीसुस्ता गाऊपालिका साबिक वडा नं. ७ मा सुमित्रा महतोको घरबाट सल्केको आगोले छिमेकी गिता न्योपाने र राजेन्द्र हरिजनको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

20170407105828स्थानिय बच्चाहरुले सलाई बालेर रमाईलो गर्दा आगो लागेको हो । आगलागीबाट करिब १० लाख बराबरको नगद,गहना,लताकपडा, खाद्यन्न, महत्वपुर्ण कागजात लगायत समानहरु जलेर नष्ट भएको पीडितले बताएका छन् ।