इन्द्रेणी संवाददाता
दाङ, २५ चैत । यसवर्षदेखि विद्यार्थीका अभिभावकहरुले पुस्तकमा निर्धारण गरिएको अंकिल मूल्यमा नै पुस्तकहरु पाउने भएका छन् । ताकि व्यवसायीक प्रतिस्पर्दाका कारण विगतका वर्षहरुमा व्यवसायीहरुले आफू खुसी पुस्तकको अंकित मूल्यमा पनि दश प्रतिशत छुट दिन पाउने छैनन् ।

bookयसवर्षदेखि नेपाल सरकारले नै पुस्तक नीतिअनुसार पुस्तकको मूल्य निर्धारण गरिदिएकाले अब अभिभावकहरुले पनि सोही निर्धारण मूल्य अर्थात पुस्तकमा निर्धारण गरिएको मूल्यमा नै पुस्तक प्राप्त गर्ने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङले जनाएको छ । आज शुक्रवार दाङको घोराहीमा पत्रकार भेटघाटको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

महासंघले विगत २०६३ सालदेखि नै सरकारले पुस्तक नीति निर्माण गर्नुपर्छ भनेर आवाज उठाउदै आएको र त्यसैअनुसार यस नयाँ वर्षदेखि लागु हुने गरी सरकारले पुस्तक नीति निर्माण गरी पुस्तकको मुल्य सरकारले नै निधारण गरिदिएकाले अब सरकारले तोकेको मुल्य र नीतिअनुसार नै व्यवसायीले पुस्तक उपलव्ध गराउने महासंघका जिल्ला अध्यक्ष धनश्याम वरालले बताए । ‘उपभोक्ताले आफूले उपलव्ध गर्ने वस्तुको मुल्य आफै मुल्याङन गर्न पाउनुपर्छ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं’, पत्रकार सम्मेलनमा अध्यक्ष वरालले भने, ‘ढिलै भए पनि सरकारले २०७४ सालदेखि लागु हुने गरी पुस्तक नीति बनाएको छ, यो सँगै अब हामी व्यवसायीले अभिभावकलाई दिदै आएको १० प्रतिशत छुट रहेन, पुस्तकको अंकित मुल्यमा नै अभिभावकहरुले पाउछन् ।’

DSCN1261नेपाल सरकारले पुस्तक नीति अनुसार एक कलरमा प्रति पेज एक रुपैयाँ १० पैसा, दुई कलरमा एक रुपैयाँ एक रुपैयाँ २५ पैसा र चार कलरमा प्रति पेज एक रुपैयाँ ४५ पैसालाई आधार बनाएर पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ । यसले पहिलेभन्दा अहिले प्रत्यक पुस्तकमा २५ प्रतिशत भन्दा वढी नै मुल्य घटेको अध्यक्ष वरालले जानकारी दिए ।

सरकारको पुस्तक नीतिले पुस्तक प्रकाशन गृहले नै पुस्तकको मुल्यमा भारी गिरावत आएकाले व्यवसायीलाई प्रकाशन गृहले दिने सेवा सुविधानमा पनि कटौती गरेको व्यवसायीहरु बताउछन् ।

अध्यक्ष वरालको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल स्टेशनरी व्यवसायी महासंघका मध्यपश्चिम उपाध्यक्ष भैरवबहादुर रावलले सरकारको पुस्तक नीति र जिल्ला शाखाले यस सम्बन्धमा गरेका निर्णयहरुलाई कार्यान्वयन गर्दै अभिभावक, विद्यार्थीहरुको हातहातमा सहज र सुलभरुपमा पाठ्यपुस्तक पु¥याउन सबै व्यवसायीहरुलाई आग्रह गरे । विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जिल्लाका स्टेशनरी व्यवसायीलाई आफ्नो पेशागत मर्यादामा रहेर सरकारी नीतिलाई पालन गर्दै व्यवसायीक यात्रा गर्न सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव प्रकाशकुमार शर्माले गरेका थिए ।