काठमाडौं, २३ चैत । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टी एक भएका छन् ।
बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी तीन पार्टीबीच एकतापछि एक पार्टी भएका हुन् । नयाँ बनेको एकता पार्टीको नेतृत्व विजयकुमार गच्छदारले नै लिएका छन् । एकतापछि पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको छ ।