काठमाडौं, २३ चैत । नेपाल-भारत सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्द ब्यक्ति समूह ९इपिजी० को ते श्रो बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। अन्नपूर्ण होटेलमा हुने दुई दिने बैठकमा सहभागी हुन इपिजी भारत तर्फका सदस्य मंगलबार काठमाडौं आएका छन्।

Nepal-Indiaइपिजीका नेपाल पक्षका संयोजक भेषबहादुर थापाका अनुसार बैठकमा विशेषगरी नेपाल—भारत सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनका विषयमा छलफल हुनेछ।

‘पहिले भएका दुईवटा बैठककै निरन्तरता हो । सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायत सबै बिषयमा छलफल हुनेछु, उनले भने। स्रोतका अनुसार भारतका तर्फबाट हालसम्म कुनै एजेन्डा प्रस्तावित गरिएका छैनन्।

बैठकमा इपिजीका नेपाल सदस्य निलाम्बर आचार्यले सन् १९५० को सन्धिका धाराहरूमा नेपालले परिवर्तन गर्न चाहेका बिषयबारे प्रस्तुति राख्नेछन्। स्रोतका अनुसार नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धिको धारा ५, ६ र ७ मा संशोधन गर्न चाहेको छ।

सन्धिको धारा पाँच अनुसार नेपालले भारतबाट या भारतीय बाटो हुँदै हतियार, युद्ध सामाग्री या गोलाबारुद आफ्नो सुरक्षाका लागि खरिद गर्न सक्छ । तर त्यसरी खरिद गर्दा नेपालले भारतसँग परामर्श गर्नुपर्छ। स्वतन्त्र मुलुक भएकाले नेपालले अन्य मुलुकबाट हतियार या युद्ध सामाग्री ल्याउँदा भारतसँग पूर्वअनुमति या सल्लाह आवश्यक नरहेको धारणा आचार्यले राख्नेछन्। अन्नूर्ण पोष्ट