देविराम कुसारी
तुलसीपुर । वहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्रभावकारी वनाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । समुदायलाई स्वास्थ वनाई विश्व विकाससंगै अगाडी बढ्नका लागि कार्यक्रमलाई प्रभाबकारी बनाउनु पर्ने उनीहरुको भनाई थियो ।
आईतबार दाङमा भएको कार्यक्रममा उनीहरुले समाज संबृद्धिका लागि समुदाय स्वस्थ्य हुनुपर्ने उनीहरुको भनाई थियो । साथै उनीहरुले समुदाय स्तरवाटै पोषणका योजना वनाइनुपर्ने वाताएका छन् । जिल्ला समन्वय समिति दाङको आयोजना तथा सुआहार कार्यक्रमको साझेदारीमा भएको वहुक्षेत्रीय पोषण योजनासम्बन्धी तीन दिने तालिम समापनको अवसरमा उनीहरुले यस्तो बताएका हुन् ।
त्यस अबशरमा स्थानिय विकास अधिकारी एंव जिल्ला पोषण तथा खाद्य निर्देशक समितिका अध्यक्ष कुलबहादुर जिसीले पोषण जस्तो महत्वपुर्ण विषयको लक्ष्य प्रांप्तिका लागि सरोकारवाला निकायबीच सहकार्य हुन आबश्यक रहेको बताए । समाज विकासका लागि ठुलो भुमिका निर्बाह गरेका समाजिक परिचालकको काधमा पोषणको जिम्वारी पनि आएको उनको भनाई थियो ।
यसमा दत्तचित्त भएर लाग्न सामाजिक परिचालकहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रले, तालिमका प्रशिक्षक संजय लम्साल, सुआहारा कार्यक्रम संयोजक सुरज शर्मा, सामाजिक परिचालक देविराम कुसारी, फिल्ड सुपरभाइजर संगिता सुवेदी लगायतले पोषणको महत्वका वारेमा प्रष्ट पारेका थिए । स्थानिय विकास अधिकारी कुलबहादुर जिसीको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागिले समाजलाई स्वास्थ वनाउनको लागि बहुक्षेत्रीय पोषण योजना वन्नुपर्ने वताए ।
तालिममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत वालकृष्ण खानल र कृष्ण आचार्यले संघिय संरचनाका वारेमा जानकारी दिएका थिए । जिल्ला समन्वय समितिका सामाजिक परिचालक, सुआहारा कार्यक्रमका संयोजक र फिल्ड सुपरभाईजर गरी करिव ६० जनाको सहभागिता रहेको तालिमको श्रोत व्यक्तिका रुपमा संजय लम्साल र महेन्द्र घिमीरे छन् । समापन कार्यक्रमको सहजीकरण सुआहाराका गोविन्द पौडेलले गरेका थिए ।











