काठमाडौं, २० चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो ।

Myadiनेपालगन्जमा म्यादी प्रहरी छनोटका क्रममा दौड परीक्षा दिएका बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० टेकप्रसाद राईका अनुसार, शनिबार दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा थारूको मृत्यु भएको छ ।

दौड पूरा गरेपछि रिंगटा लागेर उनी ढलेका थिए । त्यसक्रममा मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पु¥याएको केही क्षणमै उनको मृत्यु भएको थियो । बाँकेमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया केही दिनदेखि जारी छ ।

यसैगरी, म्यादी प्रहरीमा छनोटमा पर्न दौडने क्रममा बेहोस भएर ढलेका खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको पनि शनिबार साँझ मृत्यु भएको छ । दिक्तेलस्थित हस्पिटलचोकबाट हल्छेढुंगासम्म दौडने क्रममा बीच बाटोमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पु¥याइएको थियो । राससका अनुसार अस्पतालमा उपचार हुँदाहुँदै करिब दुई घन्टापछि उनको मृत्यु भएको हो ।

यस्तै, विराटनगर–१६ का तुलसी राजवंशीको पनि दौडने क्रममा लडेर मृत्यु भएको प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले जानकारी दिए । राजधानीमा खबर छ । सरकारले अहिले देशभरबाट ७५ हजार म्यादी प्रहरीको भर्ना लिने गरी छनोट गरिरहेको छ । छनोटमा परेका म्यादी प्रहरीले करिब ५५ दिन काम गर्नेछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका निकायबाट ७ हजार १ सय १२ जनाको आवेदन परेको छ । त्यस्तै, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयअन्तर्गतका जिल्लाबाट ४४ हजार ६६, मध्यक्षेत्र हेटौंडाअन्तर्गत ४२ हजार २ सय ७४ जना, पश्चिमाञ्चल पोखरा क्षेत्रीय प्रहरी कार्यालय मातहतबाट निकायबाट २७ हजार ८ सय ५७ जना, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतअन्तर्गतका जिल्लाबाट ३३ हजार ४ सय ३१ र सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दीपायलअन्तर्गत १८ हजार २ सय ३६ जनाको आवेदन परेको छ ।