तुलसीपुर १९, चैत्र । नेपाल सरकारका सिंचाई मन्त्री दीपक गिरीले सबै नेपालीको भावनालाई समेटर स्थानिय तहको निर्बाचनमा सहभागी गराउनु पर्ने बताए । उनले असन्तुष्ट मधेसबादीदलहरुको भावनालाई सम्बोधन गरी निर्बाचनमा सहभागी गराउन सरकारले प्रयासलाई जारी राखेको बताए । ‘हिमाल, पहाड, तराई मधेसका सबै नागरिकको भावनालाई सम्बोधन गरि चुनाबमा सहभागी गराउनु पर्छ’ उनले भने‘ यसका लागि सरकारले प्रयास जारी राखेको छ ।’
रिपोर्टस क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता गिरीले तोकिएको मितिमै स्थानिय तहको निर्बाचन हुनेमा कुनै दुई मत नरहेको उनले बताए । उनले भने ‘ सरकारले तोकेको बैशाख ३१ गते नै स्थानिय तहको निर्बाचन हुन्छ । सरकारले त्यसको लागि वातावरण तयार पार्दै छ ।’ अहिले सबै नेपाली जनता निर्बाचनबाट जनप्रतिनिधि चुन्न आतुर भएकाले तोकिएकै समयमा निर्बाचन हुने उनको भनाई थियो । स्थानिय निकाय लामो समय देखी जनप्रतिनिधि बिहिन हुँदा उल्लेख्य रुपमा बिकास हुन नसकेको भन्दै अबको स्थानिय तहको चुनाब अपरिहार्य रहेको उनको भनाई थियो । ‘ तुलसीपुरलाई नगरपालिका घोषण्लाई नगरपालिका घोषणा गरेको २३÷२४ बर्ष भईसक्यो तर अझै पनि यहाँका सबै नागरबासीमाझ बिद्युत पुग्न सकेको छैन्, उनले भने‘ स्थानिय निकाय जनप्रतिनिधि बिहिन हुँदा बिकास हुन नसकेको हो ।’
क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद डिल्ली बहादुर चौधरीले चुनाब बिथाल्न चुनाब देखी एमाले निर्बाचन बिथोल्ने खेलमा लाग्ने आरोप लगाए । स्थानिय तहको निर्बाचनमा एमालेको अस्तित्व हराउने भन्दै एमाले बिथोल्ने खेलमा लाग्ने उनले बताए । उनले भने‘ मधेशबादी दलहरुसंग सहमती भईहाल्छ तर प्रमुख प्रतिपक्ष दल एमाले भने चुनाब बिथोल्ने खेलमा लाग्छ, यसमा सरकार सजक रहनु पर्छ ।’ कार्यक्रमको सहजीकरण क्लबका सचिब बिमल गौतमले गरेका थिए ।
