दाङ, १८ चैत– नेपाल संस्कृत विश्वविद्यालय जनता क्याम्पस बिजौरी अंग्रेजी विभागको आयोजनामा शुक्रबार क्याम्पसमा अंग्रेजी साहित्यबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपप्राध्यापक हरिप्रसाद पौडेलले अंग्रेजी उपन्यास ‘द ग्रेट ग्याट्स बी’ को मुख्य पात्रका बिषयमा समालोचनात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

nepal sanskrit bishwabidhyalayaउहाँले एउटा सामान्य मानिस धनी भएपछि कसरी परिचय बदल्छ भन्ने कुरा उपन्यासमा समेटिएको बताउनुभयो । ‘अमेरिकन ड्रिम’ अर्थात पैंसा नै सबथोक हो भन्ने सोचाईलाई व्यंग्य गर्ने यो उपन्यास निकै चर्चित मानिन्छ । कार्यपत्रमाथि सह प्राध्यापक ईन्द्रजीत सिंहले टिप्पणी गर्नुभएको थियो ।

अंग्रेजी विभाग प्रमुख गिरिशचन्द्र तिवारीको अध्यक्षता र निमित्त क्याम्पस प्रमुख बिष्णुबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निलप्रसाद सापकोटा र ऋद्धिजंग शाहले अंग्रेजी बिषयको भाषिका र कार्यपत्रबारे जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । सहायक प्राध्यापक दुर्गालाल केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण उपप्राध्यापक श्यामा खनालले गर्नुभएको थियो ।