तुलसीपुर, १८ चैत । पब्लिक ज्ञानज्योति मावि तुलसीपुरले विशेष कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ ।
राष्ट्रिय परीक्षा वोर्ड दाङका प्रमुख ऋषिराज रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उहाँले सरकारले नयाँ शिक्षा निति मार्पmत शिक्षालाई व्यवहारिक वनाउन लागेको वताए । पब्लिक ज्ञानज्योतिले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा समेत गरेका थिए ।

IMG_7054कार्यक्रममा जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक नारायण पौडेल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, पत्रकार महासंघ दाङकी सहसचिव शर्मिला डिसी, रेडियो प्रकृतिका स्टेशन म्यानेजर संगीत वस्याल, रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मी, विद्यार्थी मन्जुल देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले विद्यालयको शैक्षिक प्रगतिका वारेमा जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण वसन्त विवश आचार्यले गरेका थिए ।