संजय कुशवाहा
नवलपरासी जिल्लाको दक्षिणी सिमा क्षेत्रमा रहेको भुजहवामा आज देखि रुद्र महायज्ञ संचालन भएको छ । हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास गर्ने उदेश्यले महायज्ञ संचालन गरिएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष संजय मिश्राले बताउनु भयो ।
माहायज्ञको अवसरमा आज भुजहवा ,ठुलो खैरेटवा,गुठी सुर्यपुरा हुदै कलशयात्राको वडा परिक्रमा गरि महायज्ञ समाजसेवी रामनरेश मिश्राले उदघाटन गर्नु भएको थियो ।
कलशयात्रामा हजारौं भक्त श्रद्धालुहरूको सहभागीता रहेको थियो ।भने माहायज्ञमा बिहान ६ बजे देखि १० बजे सम्म हवन र परिक्रमा दिउसोमा १२ बजे देखि ४ बजे सम्म प्रवचन साझ ४ बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र राति ८ बजे देखि २ बजे सम्म सास्कृतिक रामलिला कार्यक्रम संचालन गरिने बताईएको छ ।
माहायज्ञ चैत २४ गते सम्म संचालन हुने बताईएको छ।भने पण्डित सुशील उपध्याय ले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।











