तुलसीपुर १५ चैत । राप्ती अंचल अस्पताल तुलसीपुरमा आज मंगलबारदेखि औपचारीक रुपमा फार्मसी सेवा शुरु गरेको छ । फार्मेसीको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले उद्घाटन गरे ।
अस्पताल विकास समितिका अध्यक्ष बिष्णुप्रसाद देबकोटाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी काफ्लेले नेपाल सरकारको फार्मेसी सञ्चालन गर्ने निर्देशन अनुसार अञ्चल अस्पतालले सेवा सुरु गरेकोमा बताए । उनले फार्मेसीले सेवाग्राहीलाई सस्तो र छिटो छरितो सेवा दिनेमा आफु आशाबादी रहेको बताए ।











