चैत्र १४ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मुलुकलाई विभाजन गर्न चहाने, बिखण्डन गर्न खोज्ने, ‘मुलकुलाई बलात्कार’ गर्न चहाने ब्यक्ति वा संस्थालाई फाँसी दिने खालको ब्यवस्था संविधानमा राख्ने भए संविधान संशोधन गर्न मञ्जुर रहेको बताए।’ पहारील मधेशकेन्द्रीत दललाई ‘भुरेटाकुरे’को संज्ञा दिएका छन् ।

Rajicv Pahari 1मधेशकेन्द्रीत दलको ब्यवहारले मुलुक अघि नबढ्ने र चुनावमा जानुको विकल्प नभएको उनले बताए । ‘तराईतिर भुरेटाकुरे मधेशकेन्द्रीत दलहरुले आन्दोलनमा छौं, आन्दोलन गरिरहेका छौं, संविधान संशोधनका लागि भनिरहेका छन् । आन्दोलन कहाँ छ, के मा छ, थाह छैन’ प्रेस चौतारी नेपाल लमजुङ शाखाले सोमबार बेंसीसहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘उहाँहरु (मधेशकेन्द्रीत दल) अहिले सिरकभित्र आन्दोलन गरिरहेका छन् । यसको कुनै अर्थ छैन । बरु टु“डिखेलमा आउन आग्रह गर्छु, पानी र ओत्ने ब्यवस्था युवासंघले गर्छ ।’ उनले टिप्पणी गरे, ‘निर्वाचन रोक्ने प्रयत्न ‘माकुरोको जालोले हात्तीलाई रोक्न खोजेको जस्तै हो । चुनाव रोक्नु दिवा सपना हो ।’

कांग्रेस आफैं धामी, आफैं बोक्सी बनेको आरोप उनले लगाए । ‘कांग्रेस आफूलाई लोकतन्त्रको ठूलो अंशियार ठन्छ । अहिले यो वा त्यो नाममा कांग्रेस चुनावबाट भाग्दैछ । संविधान संशोधन नगरी चुनावमा जान सक्दैनौ भन्दैछ’ उनले भने, ‘एमालेको लहर बढ्दै गएको छ । एमालेमा आउने क्रम चलेको छ । कांग्रेस बाहना बनाएर निर्वाचन नगराउने खेलमा छ ।’ चुनाव नभए ‘सिष्टम कोल्याप्स’ हुने उनले चेतावनी दिए । ‘संविधान भनेको महिलाले लगाउने लिपिस्टक होइन । मन लागे लाउने, मन नलागे पुछ्ने’ उनले भने, ‘संविधान संशोधन र चुनाव फरक विषय हो । सवै मिलेर निर्वाचनमा आउनोस्, एमालेलाई बढार्नोस् । तर, चुनाव हुनुपर्छ ।’ बैशाख ३१ गते चुनाव हुन नसके अर्को २ वटा चुनाव पनि नहुने र मुलुक ‘अ“ध्यारो ’ भित्र फस्ने चेतावनी उनले दिए ।

मुलुकलाई विभाजन गर्न चहाने, बिखण्डन गर्न खोज्ने, ‘मुलकुलाई बलात्कार’ गर्न चहाने ब्यक्ति वा संस्थालाई फाँसी दिने खालको ब्यवस्था संविधानमा राख्ने भए संविधान संशोधन गर्न मञ्जुर रहेको उनले बताए । ‘नेपालमा फा“सीको ब्यवस्था नभएकाले अराजकता फैलिएको छ । संशोधन गर्ने हो भने सिके राउत प्रवृत्तिका ब्यक्तिलाई फा“सी दिनुपर्छ । खुलेआम मुलुकलाई विभाजन गर्छु, बिखण्डन गर्छु, तराई मधेश छुट्टै राज्य हो, मुलुक हो भन्दै हि“डेका छन्’ उनले भने । मधेशकेन्द्रीत दल यसका विरुद्धमा लाग्नुपर्नेमा उनले जोड दिए । ‘हिन्दीलाई राष्ट्रिय भाषा बनाउनुपर्छ भन्ने, मैथली, भोजपुरीलाई आफ्नो नभन्ने, आफ्नै ठाउ“को बहुविवाह, बालबिबाह, कुरीतिविरुद्ध नबोल्ने पनि मधेशकेन्द्रीत दल हुन्छ ?’ उनले भने । सुरुमा नवलपरासी, कपिलवस्तु र रुपन्देही विभाजित गर्ने, कैलाली कञ्चनपुरलाई पछि छुट्याउने र त्यसपछि झापा सुनसरी छुट्याएर तराई मधेशका २२ जिल्लालाई एक मधेश एक प्रदेश भन्दै आत्मनिर्णयको अधिकारको नाममा सिक्किमीकरण गर्न खोजेको उनले आरोप लगाए ।

स्थानीय तहको चुनावमा ४० बर्ष उमेरसम्मका ४० प्रतिशतलाई उम्मेदवार बनाइनुपर्ने उनले बताए । ‘सडकमा युवालाई उतार्ने, आन्दोलनमा युवा लाने, सडकको नेतृत्व युवाले गर्ने । शासक बन्न अल्मल्याउने ?’ उनले भने । ६० बर्षदेखि माथिका संसदीय चुनावमा जाने, ४५ देखि ६० उमेरका प्रदेश चुनावमा जाने र ३५ देखि ४५ बर्षसम्मका युवाले स्थानीय तहको चुनावमा लड्ने अवसर दिइनुपर्ने उनले बताए । ‘हिजोको चुनावमा लड्ने, अहिलेको चुनावमा पनि उठ्न खोज्ने ।१० कक्षामा ५ बर्षदेखि पढेको पढ्यै छु भन्यो भने के हुन्छ ?’ उनले ब्यंग्य गरे ।
प्रेस चौतारी नेपाल लमजुङ शाखाका अध्यक्ष दलबहादुर मजाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अनुज अधिकारीले संचालन गर्नुभएको थियो ।