यमकला भुसाल
तुलसीपुर, १२ चैत्र । तुलसीपुर उपमहानगरपालीका ७ नवलपुरका इन्द्रवहादुर नेपालीका दुवै खुट्टाले काम नगर्ने अपाङ्ग भए पनि उहानै परिवारको भरोसा बन्न सफल हुनु भएको छ । विगत १५ वर्षदेखी अपाङ् भएर पनि सबलाङ्ग सरह तुलसीपुर ७ पर्सेनीमा बसेर जुत्ता सिलाउदै आफ्नो तीन जना परिवार पाल्न सफलभएका छन् । आफु अपाङ् भएपनि आफै जिविकोपार्जन गर्न रुचाउने नेपालीले २०५८ सालमा घोराहीमा १ वर्ष बसेर जुत्ता सिलाउन सिकेको बताए । सानै उमेरमा रुखबाट खसेर अपाङ् भएको र अरु कुनै काम गर्न नसक्ने असक्त्त भएपछि जुत्ता सिलाउने पेशालाई नै अंगाल्दै आइरहेका नेपाली एक वृद्ध आमा र अपाङ्ग श्रीमतीको साहारा बनेका छन् ।
नेपालीले जुत्ता सिलाएर मासिक २० देखी २५ हजार सम्म आम्दानी गदै आइरहेको बताए । उनले भने ,मैले पढ्ने रहर हुदाँ हुदैँ पनि पढ्न सकेन । तर अपाङ् भएपनि सिप सिकेको छु । जुत्ता सिलाएरै मासिक २० देखी २५ हजार आम्दानी गदै आएको छु । उनले जुत्ता सिलाएर नै आफ्नो ७० बर्षिया बुढी आमाको पालनपोसन गदै आएको बताए । गाउँमा खेतवारी त धेरै छ तर भएर मात्र के गर्ने मैले गर्न सक्दैन दाजु भाउजु छुट्टिएर बस्नु भएको छ नेपालीले भने – आफुले काम गर्न नसक्ने भएपछि सबै खेतवारी अधिया दिएको छु । १८ वर्षको उमेर देखी जुत्ता सिलाउने पेसामा लागेका नेपालीले आज सम्म परिवारको घरको घर खर्च सजिलै गुजारेको बताए ।
उनले जुत्ता सिलाउने पेशासगँ सगै अन्य सघंसस्थाँमा पनि आवद्ध भएको बताए । नेपाली नेपाल अपाङ् सघंको सदस्य र अपाङ् समाज सुधारको कार्यसमितिमा रहेको बताउछन । उहाँले यदि अपाङ् भएका व्यक्ती जुत्ता सिलाएर आम्दानी गर्न चाहानुहुन्छ भने आफुले निशुल्क सिप सिकाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले अपाङ्ग भएर केही गर्न सकिदैन भन्ने मानसिक्तालाई त्याग्न समेत आग्रह गरे ।











