पुरन्धारा १० चैत्र । दाङ सिमेन्ट प्रालिको उत्पादन शुरु नहुदै स्थानियहरुले बिरोध गरेका छन् । बिगतमा भएका सम्झौता लत्याउन खोजेको भन्दै स्थानियहरुले बिरोध जनाएका हुन् । उद्योगले स्थानियलाई थाहा नै नदिई एकलौटी ढंगले काम गर्न थालेको स्थानियले आरोप लगाएका छन् ।
![maruti-cmnt](http://indrenionline.com/wp-content/uploads/2017/03/maruti-cmnt.jpg)
विगतमा काम गर्दा सल्यानको काभ्रा गाविस र दाङको साविक पुरन्धारा, पञ्चकुले र बाघमारे गाविसलाई उद्योगले गर्ने काम र स्थानियहरुको स्वास्थ्यमा कम प्रभाव पार्नेगरी काम थालनी गर्ने सहमति भएपनि एक लौटी ढंगले केही राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारेर काम थालेको भन्दै बिरोधमा उत्रिएको संघर्ष समितिका संयोजक भीमकान्त भुसालले बताए ।
उद्योगले अहिले दाङको साविक पुरन्धारा गाविस र सल्यानको साविक काभ्रा गाविसमा पर्ने तिते लेकबाट चुनढुङ्गा उत्खनन् कार्य सुरु गरेको छ । संघर्ष समितिले चैत्र १२ गते प्रभावित साविक सम्पूर्ण गाविसका स्थानीय, उद्योग वाणिज्य संघ, खानेपानी तथा सरसफाई उपभोक्ता समिति , सिचाई समितिसँग छलफल गर्ने भएको छ ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)