इन्द्रेणी संवाददाता
दाङ, १० चैत । अहिलेसम्मको पत्रकारिता काठमाडौं केन्द्रीत भएको भन्दै अबको पत्रकारितामा विकेन्द्रिकरण आवश्यक परेको घोराहीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रेसकाउन्सिल नेलापको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङशाखाको संयोजनमा आज विहीबार दाङको घोराहीमा आयोजना गरिएको ‘पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण’ विषयक अन्तत्र्रिmयामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
वक्ताहरुले पत्रकारहरुले समाजिक उत्तरदायित्व वहनका साथ काउन्सिलले जारी गरेको पत्रकार आचारसंहितालाई पालना गर्दै कमल चलाउनुपर्नेमा जोड दिए । पछिल्लो समयमा पत्रकारहरुमा पनि केही विचलन आएको भन्दै आफूले केही लिनेभन्दा समाजलाई के दिनेभन्ने विषयमा केन्द्रीत भएर समाजिक उत्तरदायित्वको पत्रकारिता गर्न उनीहरुको सुझाव थियो ।
कार्यक्रममा प्रेसकाउीनसलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिताको केन्द्र काठमाडौं मात्रै हो भन्ने मानसिकताले गाँजीएको भन्दै त्यसलाई अब विकेन्द्रिकरण गर्न आवश्यकता औल्याए ।
कार्यक्रममा प्रेसकाउन्सिल नेपालका उपप्रासकीय अधिकृत मानबहादुर लामिछानेले पत्रकार आचारसंहिता र सञ्चारमाध्यम वर्गीकरणबारे जानकारी दिएका थिए । उनले काउन्सिलले पछिल्लो समयमा १६ वटा टीभी च्यानल र एफएम रेडियोहरुलाई रेकर्ड गरेर समेत आचारसंहिताको रहेनरहेको जानकारी दिने गरेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष लीला शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष गोविन्दप्रसाद चौलागाइँ, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलगायतले आफ्ना विचार राखेका थिए । उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुपेन्द्र वलीले गरेका थिए ।











