काठमाडौं, ६ चैत । विप्लवले राजधानीमा जनशक्ति प्रदर्शन गरे, रोल्पा पुगेर अधिवेशन सम्पन्न गरेर समानान्तर होइन, वैकल्पिक सरकार चलाउने निर्णयमा पुगे । नेत्रविक्रम चन्दको यो विद्रोहले प्रचण्डका सामु तिमी सरकार प्रमुख, म पनि वैकल्पिक सरकार प्रमुख भन्ने चुनौती खडा भएको छ ।

prachanda & biplopमधेसमा मोर्चाको अप्ठेरो, ५० भन्दा बढी जिल्लामा विप्लवको वैकल्पिक सरकार स् प्रचण्ड सिंहदरवारमा साँघुरिन थालेको अनुमान गरिएको छ । संविधान कार्यान्वयन गर्छु भन्ने प्रचण्डको दावी हुटिट्याउँको धाक जस्तो पो हुनपुग्यो भन्छन् विश्लेषकहरु ।

विप्लवको नेकपा माओवादीले चैत ३ गते वैठक सम्पन्न गरेर प्रचण्ड सरकारलाई दलाल सत्ता भन्ने संज्ञा दिएको छ । यस्तो सरकारविरुद्ध बैकल्पिक सत्ता चलाउनै पर्ने निर्णयमा पुगेको विप्लवले नौटंकी चुनाव नगर्न समेत चेतावनी दिदै जनक्रान्ति लागू गर्ने बताएका छन् । पहिले चुनाव नबिथोल्ने भने पनि अवको नीति चुनाव विथोल्ने रहेको छ । यसका लागि देशव्यापी सक्रियता बढाउने भएको छ ।