भक्तपुर, चैत ६ – भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ पुरानो ठिमीमा छोराको कुटाइबाट बुवाको ज्यान गएको छ । गएको बुधबार राति ६३ वर्षका श्रीकृष्ण प्रजापतिलाई उहाँका छोरा ३५ वर्षका कृष्णकुमार प्रजापतिले कुटपिट गरेका थिए ।

छोराको कुटाइबाट गम्भीर घाइतेभ एका बुवा श्रीकृष्णको उपचारको क्रममा शनिबार ज्यान गएको हो । महानगरीय प्रहरी बृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले छोरोको कुटपिटबाट श्रीकृष्णको टाउकोमा गम्भीर चोट लागेको अनुसन्धानमा खुलेको बताउनुभयो । प्रहरीले कुटपिटमा संलग्न कृष्णकुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी उहाँले दिनुभयो ।

उज्यालो अनलाइन डटकमबाट