गोविन्द खड्का
घोराही, ५ चैत । छात्राको अनुकुल शौचालय हुन विद्यालयमा प्याड, ईन्सिनेटर र दुखाईको औषधि जरुरी देखिएको छ । महिनावारीले पढाईमा पारेको प्रभाव, छात्रामा देखिने स्वाथ्यको असरका आधारमा औल्याईएको हो ।
सबै भन्दा सजिलो, श्वस्थ र कम खर्चिलो घरेलु प्याड बनाउन विधि रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक तिल बहादुर केसिको भनाई छ । सात बर्ष अघि प्याड बनाउने प्रशिक्षक प्रशिक्षण लिनुभएका केसिले चाहना नहुदा महिनावारी व्यवस्थापन अफ्ठेरो देखिएको बताउनु भयो ।
कपडाको प्याड बनाउने प्रविधि निकै उपयुक्त रहेको केसिको भनाई छ । उहाका अनुसार आफै बनाउदा नाप र साईजको प्याड बनाउन सकिन्छ । त्यसलाई धोएर घाममा सुकाईन्छ । स्त्री लगाएर व्याक्टेरिया नष्ट पार्न सकिन्छ । त्यसपछि पुनः प्रयोग गर्न मिल्छ । हावा सजिलै पास हुन्छ । व्लड सड्न पाउदैन । रगत कुहिएन भने गन्ध पनि हुन्न । पाठेघरको मुखमा ईन्फेक्सन लगाएतका समस्या बाट बचिन्छ । हरेक महिलाले जान्नेगरी घरघरै बनाउन सिकाउनु पर्छ ।
बजारीया प्याड महंगो छ । कमजोर परिवारका लागि धान्न नसकिने बोझिलो खर्च हुन्छ । धेरै छोरीहुने घरमा झनै समस्या । त्यसबाहेक बजारीया प्याड हावा नछिर्ने, भित्रै गुम्सीने खतरा छ । त्यसले चाडै रगत सडाउ“छ । ‘खसीको मासु पोको पारेर दिनभरी राख्नुस त्यसले के दिन्छ ?’ केसिले प्रश्न गर्नुभयो, ‘दिनमा चार पटक फेर्ने भन्छ हिसाव गर्नुस तपाईको पैसा कति खर्च भयो ?’ उहाका अनुसार किराना पसलमा समेत पाईने कमसल खालकोमै पहुच नभएका छात्राहरु डाक्टरले सिफारीस गर्ने कटनको प्याड किन्न सक्दैनन् । जसले व्याकटेरिया मार्ने क्षमता राख्छ ।
हरेक सार्वजनिक स्थलमा ईन्सीनेटर जरुरी छ । महिनावारी तोकिएको समयमा हुन्छ भन्ने छैन । जसलाई जतिबेला पनि हुन सक्छ । महिनावारी हुन यति गते यति बजे भनेर पहिल्यै तोकेको छैैन । विद्यालयमा धेरै छात्राको पहिलो महिनावारी हुन्छ । त्यसमा झन् अनुमान लगाउनै सकिन्न । एक पटक भएकाले २८ दिन गनेरै बस्न सक्छ । त्यसको एक दुईदिन अघि देखि तयारी थाल्छ ।
विद्यालयमा प्याडको व्यवस्था अनिवार्य गराउनु पर्छ । असजिलो र धान्नै नसकिने खर्च हुदैन । रकमै नहुनेले विद्यार्थीको चक्र कोष बाट प्याड किन्ने व्यवस्था गर्न सकिन्छ । वालकलव, ईको कलव वा जुनियर रेडक्रस सर्कल बाटै समाधान हुन्छ । उनिहरुलाई जिम्मा दिएपछि प्रति विद्यार्थी पाच रुपैया संकलन गरेर पनि प्याड किन्न सक्छन् । त्यति व्यवस्था नगरी स्वास्थ्यमा हदै सम्मको लापर्वाहि भएको छ ।
प्रशिक्षक केसिले दाङका आठ वटा श्रोतकेन्द्र मा गएर बैठकमा जानकारी गराएको बताउनुभयो । कुन विद्यालयका प्रअले लागुगरे त्यसको बारेमा भने केसि अनविज्ञ हुनुहुन्छ । खुला दिसामुक्त अभियानमाक ससक्त लागेका केसिले आठ वटा गाविसमा सरसफाइ फोकल पर्सन भएर घोषणा गराउन सफल हुनुभएको थियो । रामपुर, लक्ष्मिपुर, हासीपुर, गंगापरस्पुर, गोवरडिहा, लालमटिया, सिस्हनीया, र सोनपुर खुला दिसामुक्त गर्दा हरेक विद्यालयमा पुगेर सुझाव दिएको बताउनुहुन्छ । त्यस क्रममा केहि गाविसका महिला स्वाथ्य स्वयंसिेविकालाई पनि सिकाएको भनाई छ । लागु गरेर छात्रालाई सुविधा दिएको भने सुन्न पाउनुभएको छैन ।
यसो त जिल्ला शिक्षा कार्यालयले कार्यक्रम मिलाउने र प्रत्यक विद्यालयमा सिकाउने भन्ने थियो । जिल्ला शिक्षा अधिकारीहरु फेरीई रहने र नया“ले वास्ता नगरेपछि केसिको क्षमता खेर गएको छ । विद्यार्थीले अनाहकको खर्च व्यहोरेका छन् । त्यसको परिणाम कुनै पनि विद्यालयमा औषधि छैन । धेरै विद्यालयमा ईन्सिनेटर बनाएका छैनन् । केहिले मात्रै प्याडको व्यवस्था गरेका छन् । ‘विद्यालयलाई प्याड व्यवस्थापन गर्न बोझ भएको छ’ केसिले भन्नुभयो, ‘ सिकाएको विधि लागुगर्न पनि सक्दैनन् ।’
ईन्सिीनेटर बनाउन कठिन छैन । केसिका अनुसार लागत पनि धेरै पर्दैन । अलकत्राको ड्रम, टिनको वा ईटाको डुम बनाउन सकिन्छ । छात्रा शौचालय बाटै पछाडि खसाल्ने मिल्ने र ईन्सीनेटरा अडिने व्यवस्था हो । त्यहा खसेपछि तल बाट हातले पुग्न नसकिने गरी राख्नुपर्छ । कुकुरले तान्यो वा नसा लिनेले भेटाए भने खाने खतरा हुन्छ । पैसा नभएका डगिष्टहरुले त्यहि प्रयोग गरेर लिने गरेको अनुभवहरु छन् । त्यस बाहेक बाल्टीमा जम्मा गर्दा पनि त्यसले शौचालयमै दुर्गन्ध फैलाउछ । छात्राहरुमा अर्को समस्या ल्याउन सक्छ । ‘थरि थरीका मिसिएको सडेको फोहर प्याड झन खतरनाक हुन्छ’ केसिले भन्नुभयो, ‘संकलन गरेको बाल्टि राखेको कोठैमा जानु हुन्न ।’
लाजमर्दो, फोहरी र अछुतका रुपमा संस्कारले अपमान गरेको महिनावारीलाई विज्ञान स्विकार्न निकै कठिन भएको छ । अहिले पनि पत्रपत्रिकामा प्रकाशित महिनावारी संम्वन्धी सामाग्री चोकमा खुलेरै पढ्ने अबस्था सिर्जना भएको छैन । लामो समय शिक्षण पेशा गरेका नेपाल पत्रकार महासंघ दाङ शाखाका पुर्व अध्यक्ष केएल पिडित लुकेर रहेको ठुलो मानविय समस्या भन्नुहुन्छ । चलचित्र निर्देशक समेत रहनुभएका पिडितले यहि विषयमा चलचित्र निर्माण गर्ने वताउनुभयो । जसले थुप्रै किसोरीका पिडा बाहिर ल्याउने र उनिहरुलाई पिडा बाट मुक्त गर्न सक्ने छ । बाषौ देखिको बोझ बाट छुटकारा पाउने र स्वाथ्यमा ठुलो सुधार आउने अपेक्ष छ । त्यसका लागि हरेक विद्यालयमा ईन्सीनेटर, प्याड र दुखाईको औषधि अनिवार्य गराउनुपर्छ ।
