चितवन, ९ फागुन । आज विहान चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
फोटो फाइल
घाइते हुनेहरुमा गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ३ बजेको समयमा चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना३ख ७५४३ नंको बोलेरो कविलास–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको हो । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
