काठमाडौं – अब बैंकहरुले गाडी, घरजग्गा र शेयर धितोमा कर्जा प्रवाह नगर्ने भएका छन् । तरलता अभावको कारण देखाउँदै बैंकहरुले गाडी, घरजग्गा र शेयर धितोमा कर्जा लगानी नगर्ने भएका हुन् ।

indनेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा रोक्न भनेपछि बैंकहरुले यी क्षेत्रमा कर्जा लगानी रोकेको बताइएको छ । राष्ट्र बैंकका गनर्भर डा. चिरञ्जिवी नेपालले बुधबार मात्रै बैंकरहरुसँग तरलता अभावबारे छलफल गरेका थिए भने बिहीबार पनि अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव र गभर्नरबिच छलफल भएको थियो ।

छलफलमा गभर्नर नेपालले तरलता अभावको अवस्थालाई सामान्य पार्ने प्रयास भईरहेको र आफुले बैंकरहरुलाई आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएको जानकारी गराएका थिए ।