शान्तकुमार बुढा मगर
मलेसिया, २० माघ । सामाजिक संजालको प्रयोगले पछिल्लो समय युवाहरूमा नकारात्मक प्रभाव र कार्यतर्फ बढी रहेको आरोप लागि रहदा दाङको बिकट मानिने भारतसँग सिमा जोडिएको नाका क्षेत्रका युवा भने सामाजिक संजाल मार्फत नाकाको बिकासमा जुटेका छन् ।
संचार सुबिधाले आझैसम्म पनि छुन नसकेको नाका क्षेत्रका युवाहरूले सामाजिक संजाल फेसबुक मार्फत नाका बिकासका लागि जुटेका हुन् । नाका क्षेत्रको बिकासका लागि अझै सम्म कसैको ध्यान नगएकाले अब आफैले बिकासका लागि कम्मर कस्नु पर्ने उनीहरुको धारण छ ।
रोजगारीको शिलशिलामा विभिन्न देशमा काम गरिरहेका नाकावासी युवाहरूले यस्तो प्रयासको थालनी गरेका हुन् । उनीहरुले संजाल मार्फत नाका बाट प्रदेशमा रहेका युवाहरूलाई एकीकृत गरेर आर्थिक संकलन गर्दै नाकामा बिकासका गतिविधि बढाउने योजना रहेको बताएका छन । त्यसै अनुरुप एक महिना अघि फेसबुक मार्फत छलफल अघि बढाएका थिए । अहिले साउदी अरेबिया, दुबै, कतार, मलेसिया र भारतमा रहेका सात नाकाका २१ युवाले प्रवासी नाका समाज गठन गरेका छन् । जसको संयोजकको रूपमा राजपुर–७ खंग्रानाका घर भइ हाल मलेसियामा रहेका गोपाल पुनलाई दिएको छ ।
नाकावासीको महान पर्वका रुपमा लिइने नाका स्तरीय खेलकुदलाई मध्यनजर राख्दै हाल २१ सदस्यीय समाजको गठन गरेको र खेलकुद लाई तत्काल सामन्य खेलसामाग्री सामग्री उपलब्ध गराउन लागेको समाजका संयोजक पुनले बताए । नाका स्तरीय खेलकुद हरेक बर्ष फाल्गुन १२ गतेदेखि ३ दिनसम्म चल्ने गर्दछ । नाकामै युवाहरु मिलेर एकीकृत रुपमा सामाजिक कार्यमा लागेको यो पहिलो नमूना हो ।
अहिले समाजले प्रत्येक सदस्य बाट सामन्य आर्थिक संकलन गरि खेलकुद लाई खेल सामाग्री हस्तान्तरण गर्ने र यसै खेलकुद मार्फत आफ्नो योजना र कार्यक्रम बारेनाका वासीलाई जानकारी गराउने निर्णय गरेको छ । समाजले खेलकुद पश्चात नाकाबाट प्रदेशमा रहेका सम्पुर्ण युवाहरूलाई आबद्ध गराउने र चाडै सम्पुर्ण नाकालाइ समेट्ने गरि पदाधिकारीको चयन गर्ने संयोजक पुनले बताए । “हामीले दाङको २२ वटै नाकाका युवाहरूलाई एकीकृत गरेर आर्थिक रुपले नाका बिकासको कार्यक्रम अगाडी बढाउने सोच बनाएका छौ । “ पुनले बताए ।
खास गरि सामाजिक रुपमा प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र जस्तो बिद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी लगाएतका क्षेत्रको स्तरउन्नति गर्न बाटो निर्माणका लागि आर्थिक सहयोग गर्ने लक्ष्य बनाएको छ । त्यस्तै नाका क्षेत्रका अति गरिब र अति बिपन्न परिवारको पहिचान गरि आर्थिक सहयोग गर्ने योजना रहेको छ। उनले थपे ।
युवाहरू प्रदेश लाग्ने र गाउँमा जनशक्तिको अभावमा बालबालिका र बृद्धहरु मात्रै केही गर्न नसक्ने अनि युवाहरू बिकस निर्माणका काम भन्दा पनि धन कमाउने र शहर पस्ने आरोप लागि रहदा यस किसिमको आरोप चिरफार गर्नकै निम्ति आफूहरु एकीकृत हुन लागेको राजपुर ९ भौवानाका भुपेन्द्र आलेले बताए । उनी हाल मलेसियामा रहेका छन ।“भावनात्मक रुपले पनि हामी नाकाका युबा एक भएका छौ। अब युवा प्रतिको दृष्टिकोण परिवर्तन संगै नाकालाई समृद्धि बनाउन चहन्छौ ।’
आलेको भनाइ छ । दाङको ८२ किलोमिटर पुर्व पश्चिम फैलिएर रहेको यस नाका क्षेत्रमा २२ गाउँ बाट करिब २ हजार बढी युवाहरू रोजगारीको लागी भारत लगायतका विभिन्न देशहरूमा रहेको अनुमान गरिएको छ । ती मध्य करिब सय जना युवाले मात्रैले पनि मासिक १ हजारको दरले सहयोग गरेमा १ लाख संकलन हुने र त्यस्ले त्यस क्षेत्रको बिकासको गतिविधि संचालन गर्न ठूलो बल पुग्ने भारतमा काम गर्दै आइरहेका राजपुर ७ गन्ढैला नाका गोपाल बि.क.को आकलन छ । समाजले आर्थिक सहयोग मात्र नभइ नाका क्षेत्रमा सहकारीको नीति अबलम्बन गर्दै नाकामा बचत तथा ऋण सहकारीको बिकास गर्ने र पशु पालन तथा अन्य आय आर्जनका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने लक्ष्य समेत रहेको कुवेतमा कर्यारत राजपुर ७ अडबरुवाका गोपाल श्रेष्ठले बतए ।
सामाजिक संजालमा पुरै अभ्यस्त भइ नसकेका नाकाका युवाहरू यसरी संजाल मार्फत काम गर्न समस्या मात्रै हैन चुनौतीपूर्ण समेत रहेको बताउछन । फरक गाउँका फरक व्यबहार त्यसमाथी पनि फरक फरक देशमा रहनुले झन देखिएको सुन्दर सपना पूरा नहुने त हैन भन्ने चिन्ता समेत रहेको बेला ३ पटौली घर भइ हाल साउदीमा रहेका सन्देश घर्ती बताउछन । तर आफ्नो गाउँ घर बनाउन आफुहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनिहरु बताउछन ।
आफ्नो मासिक आम्दानीको एक प्रतिशत भएपनी सामाजिक कार्यमा लगानी गर्ने अठोट लिएका नाका युवाहरुले आफ्नो कार्य प्रती सल्लाह सुझाव अनि साथ दिनका लागि सरकारी गैरसरकारी संस्था राजनीति दल बुद्धिजिवि पत्रकार तथा नाका प्रती आस्था राख्ने सम्पुर्णलाई अनुरोध गरेका छन । साथै नाका बिकासको यस महाअभियानमा साथ र सहयोग गरि दिनुहुन सम्पुर्ण नाकाका प्रवासी दाजुभाइ दिदी बहिनीहरु लाई आग्रह समेत गरेका छन । दिनहजारौं चुनौती र अप्ठ्यारोका बाबजुद पनि समाजिक कार्यमा लागि परेका नाकाका युवाहरूले सहि नियम कानुन र ब्यबस्थापन गर्न सक्ने हो भने एउटा गतिलो इतिहास रच्ने कुरामा कुनै दुई मत छैन ।
