काठमाडौं, ८ माघ । ऊर्जा मन्त्रालयले शुरू गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा हालसम्म दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९ सय ४३ बराबरको प्रतिवद्धता प्राप्त भएको छ ।

janardan-sharma-2ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रूपमा भन्दा पनि व्यक्तिगत रूपमा लगानी प्रतिवद्धता गर्नेहरु क्रमशः बढ्दै गएका छन् ।

आन्तरिक रूपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महीनाबाट नागरिकलाई प्रतिवद्धता जनाउन आग्रह गरेको थियो ।

हालसम्म २४ हजार २ सय ४९ जनाले लगानी प्रतिवद्धता जनाएका छन् भने संस्थागत रूपमा २७ ओटा संस्थाले लगानी प्रतिवद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत रूपमा आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिवद्धता आएको छ ।