काठमाडौं, ४ माघ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ ।

ind_imgकाठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा सोमबार राति धादिङ खैरेनी–९ का ४५ वर्षका माधवप्रसाद अधिकारी र धादिङ खान्ने–५ का २५ वर्षका सन्तोष जम्मरकट्टेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै दुई जना घाइतेको धादिङमा नै उपचार भइरहेको छ भने ३ जना उपचारपछि घर फर्किएका छन् ।

सोमबार बेलुका सरदमुकाम धादिङबेसीबाट खाल्टे गाविसको फ्याक्सेका लागि छुटेको बा ३ ख ८२६३ नम्बरको बस दुर्घटनामा परेको थियो ।