कुशुम वि.क.
बर्दिया ८ पौष । सुदुपश्चिम बाट पुर्व तर्फ गइरहेको ना ४ ख २८८७ नम्वरको बसले बर्दिया राष्ट्रिय निकुञ्जको जगलमा बाटो काटदै गरेको पाटे बाघलाइ ठक्कर दिदा बाघको घटना स्थलमै मृत्यु भएको बताइएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्र पर्ने आम्वासा र चिसापानि विचको क्ष्ँेत्रमा वसले बाघलाइ ठक्कर दिएको र बाघको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत रमेश थापाले बताउनु भयो ।

13051775_1123056111085754_8544681371320025022_n-1पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको जगलमा यात्रुवहाक बसको ठक्कर बाट एक वयस्क पाटे बाघको मृत्यु भएको निकुञ्जले जनाएको छ । ठक्कर दिने वस र चालकलाइ नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको बाके राष्ट्रिय निकुञ्ज ओभरीले जनाएको छ । यतिखेर बर्दिया राष्ट्रिय निकुञ्जमा ५० वटा वयस्क बाघ , ६ वटा अर्ध वयस्क र २९ बटा बाघका वच्चा रहेको निकुञ्जको पछिल्लो रिपोर्टमा रहेको छ ।