काठमाडौं- केही समयअघि मात्रै सिन्धुपाल्चोकको गिरानचौरमा नमूना वस्ती गरेर वाहवाही पाएका हास्यव्यंग्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले फेरि अर्को नमूना बस्ती बनाउने भएका छन् ।
महोत्तरी, बर्दिबास २ का मुसहरहरुको लागि तेस्रो नमूना वस्ती बनाउने घोषणा गरेका हुन् । गिरान्चौर अघि पनि यो जोडीले काभ्रेमा नमूना वस्ती बनाएका थिए ।
‘यहाँको साथ र आशीर्वादले चरम गरिबीको चपेटामा रहेका महोत्तरी, बर्दिबास २ का मुसहरहरुको लागि एकृीत बस्ती निर्माण गर्न कम्मर कसेका छौँ ,’ धुर्मुस सुन्तलीले भने, ‘ मानवता र सद्भावका लागि सहकार्य स्वरुप निर्माण गर्न लागिएको बस्तीलाई सहयोग गरिदिनु भए आभारी हुने थियौँ । मुसहरको मुहारमा मुस्कान ल्याउने हाम्रो प्रयासमा तपाईंको साथ आवश्यक छ ।’ धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत उनीहरुले नमूना वस्ती निर्माण गर्दै आएका छन् ।