durghatana

दाङ ७ पुस । दाङमा बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् । घोराहीवाट वुटवल जाँदै गरेको लु २ ख ७७६ नम्वरको बस लमही – घोराही सडक खण्डको लक्ष्मीपुर १ मुसोटमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दाङ सतवरीया निबासी कृष्ण शाही , सौडीयार विनसी ६० बर्षिय चित्र बहादुर श्रेष्ठ र प्यूठान खाला गाउँ निवासी ३८ बर्षिय देउरी विक रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

दुई जनाको राप्ती उपक्षेत्रिय अस्पतालमा र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिए । उनका अनुसार बस सडकवाट एक सय मिटर तल भिरमा खसेको छ ।

मसोट खोलाको उकालोमा भएको दुर्घटनामा परी घाईते भएका मध्य चार जनाको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भईरहेको छ । भने अन्य १४ जनालाई कोहलपुर पठाईएको प्रहरीले जानकारी दिएको छ ।

घाईते मध्य ६ जनाको अबस्था समान्य छ । प्राथमिक स्वास्थ्य केन्द्र लमहीका अनुसार सामान्य घाईतेलाई प्राथमिक उपचार पछि घर फकाईएको छ ।