कुशुम विक
विवाह दर्ता गराउनका लागी वार्ड न ८ बाट आएका सुन्दर सुनारले आफुले सोचेको भन्दा चाडो काम भएकोमा खुसी व्यक्त गर्नु भयो , उहाले बरु पहिले गाविस हुदा आज सचिव हुनुहून्न भोली आउनुहोस वा सदरमुकाम गएर सहि गराउनु होस भन्ने गदर्थे अहिले छिटो काम भएकोमा निकै खुसी भएको बताउनु भयो ।
बर्दियाको सानो श्री ताराताल नगरपालिका वार्ड न ५ की सुमिता खडका नागरिकता सीफारिसका लागी नगरपालिका आएको १ घन्टामै सीफारिस पाएकोमा खुसी देखिनु भएको छ ।
करिब २ वर्ष अघि स्थापना भएको बर्दियाको सानो श्री ताराताल नगरपालिकाले सिमित श्रोत साधन भएपनि सेवा ग्रँहिलाइ दिइने सेवा सुविधामा कुनै कन्जुस्याइ नगरेको नगरवासीको भनाइ रहेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत भिष्मकुमार मल्लका अनुसार नगरवासीहरुले विशेष गरी बाटो घाटो , खानेपानि , सरसफाइ , लगायतका विषयलाइ पहिलो प्राथमिकतामा राखेको बताउदै वडाबाट आएका योजनालाइ पहिलो प्राथमिकता दिदै कार्य अगाडि वढाइरहेको बताउनु भयो ।
नगरपालिका सग अहिले फोहर उठाउनका लागी टयाक्टर कुशुम्वा वजार व्यवस्थापन समिति सग समन्वय गरी फोहर व्यवस्थापन गरिरहेको र निकट भविश्यमा फोहर विसर्जनका लागी स्थानको पहिचान भैसकेको र त्यसलाइ व्यवस्थापन गर्न लागी रहेको बताउनु भयो । साथै यस आर्थिक वर्ष भित्र दमकल ल्याइने पनि उहाले बताउनु भयो ।
विगतका दिनमा लक्षित समुदायका लागी आएको बजेट कलर्भट निर्माण , बाटो मर्मत लगायतका काममा खर्च हुने गरेको बताउदै सानो श्री ताराताल नगरपालिका वार्ड न ५ का वडा नागरिक मञ्चका सयोजक मनु भन्डारीले अहिले त्यो वजेट सम्वन्धित निकाय सम्म पुग्ने गरेको बताउनु भयो । साथै नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा सामान्य साक्षर भएका महिलाहरुका लागी पनि विभिन्न सीप मुलक तालिमहरु सचालन गरीरहेको बताउनु भयो । साथै अहिले कार्यालयमा आयर के के कार्यक्रम छन भनेर बुझन सकिने भएको हुदा काम गर्न सजिलो भएको बताउनु भयो ।
नगरवासीहरुको माग अनुसार नै नगरको विकासलाइ अगाडि वढाइने बताउदै नगरपालिकाका कार्यकारी अधिक्रृत भिष्मकुमार मल्लले स्थानिय निकायको निर्वाचन नभएका कारण कर्मचारीले दोहोरो काम गर्दा केहि समस्या भएको समेत बताउनु भयो ।
