संजय कुशवाहा

नवलपरासीको त्रिवेणी दाहं संस्कार घाटामा पौव ( ट्रस ) निर्माण कार्य तिब्र रूपमा अगाडि बढेको छ । ने.क.प. एमालेका महासचिव ईश्वर पोखरेल दृरा भादौ ३१ गते देखि सुरू भएको र पुष महिना भित्र निर्माण कार्य सम्पन्न हुने युवा संघ क्षेत्र नम्बर ६ का अध्यक्ष ज्ञान प्रसाद पठकले बताउनु भयो।त्रिवेणी दाह संस्कार घाट दिनहु प्रदुषण बन्दै गएपछि र मलामी आउने हरूलाई समस्या भएको हुदा सरल र प्रदुषण मुक्त बनाउनका लागि विभिन्न संस्था ब्यक्तिहरू बाट चन्दा संकलन गरी सो पौवा ( ट्रस ) निर्माण कार्य भईरहेको पाठकले बताउनु भयो ।

15592409_1037569983056510_831546548_n

करिब आठ लाख को लागतमा निर्माण भईरहेको पौव ( ट्रस ) मा सोलार बत्तीको र साथै खाने पानीको ब्यवस्था समेत गिरने उहाले बताउनु भयो । त्रिवेणी दाह संस्कार घाटमा भारतको उत्तर प्रदेश र बिहार लगायत नेपालको नवलपरासी,रुपन्देही ,कपिलवस्तु ,चितवन ,पाल्पा , लगायत विभिन्न ठाउँहरू बाट दिनहु करिब १० देखि १५ सम्मको शवहरू जलाउने गरिन्छ । धार्मिक मान्यता अनुसार त्रिवेणी घाट पवित्र स्थल रहेको हुदाँ उक्त ठाउँमा दाह संस्कार गर्दा स्वर्गमा बास तथा मुक्ति प्राप्त हुने मान्यता रहेको छ।

15592206_1037569836389858_813975038_n