इलाम, २८ मंसिर। दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साँखेजुङ–९ का ३५ वर्षीय निमतेन्जी शेर्पा र साँखेजुङ–४ की ३६ वर्षीया कमला राईलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया र २४ वर्षीया दुई महिलालाई जबर्जस्ती करणी गरी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शेर्पा र राईलाई पक्राउ गरेको हो ।
जबर्जस्ती करणी गरेको भन्दै मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । घटनामा संलग्न भनिएका अर्का व्यक्ति साँखेजुङका २५ वर्षीय चेवन दाहाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुँडालले जानकारी दिए । रासस
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)