काठमाडौँ , २७ मंसिर । सरकारले साझा प्रकाशनलाई ३० करोड दिने भएको छ । आर्थिक रुपमा जर्जर रुपमा पुगेको सझा प्रकाशनलाई त्यो अवस्थाबाट माथि उठाउन सरकारले ३० करोड दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को हिजोको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड प्रदान गर्ने निर्णय गरेको शिक्षामन्त्री धनीराम पौडेल जानकारी दिए ।
विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण संस्था घाटामा गएको थियो ।
मन्त्री पौडेलले प्रकाशनले आफूले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नुपर्ने बताए । पाठ्यपुस्तक वितरणको नयाँ जिम्मेवारीबारे भने हाल निर्णय भइनसकेको उनले बताए ।