कुशुम वि.क .
बर्दिया  १६, मङ्सिर  । विपद निरन्तर रुपमा आइरहने प्राकृतिक प्रकोप भएको गृहमन्त्रालयका सह सचिव एव विपत व्यवस्थापन महासघका प्रमुख कृष्णबहादुर रावतले बताउनु भएको छ ।

बर्दियामा विपत व्यवस्थापनको प्रभावकारिता तथा आपतकालिन पुर्वतयारी तथा प्रतिकार्यका लागी राष्ट्रियस्तरको कृतिम घटना अभ्यास कार्यक्रमको समापन समारोहमा वौल्दै रावतले सो कुरा बताउनु भएको हो ।

साथै उहाले विपद कुन वेला कसरी आउने अनुमान गर्न नसकिने भएको हुदा तर केहि विपत पुर्व जानकारी हुने जसलाइ प्राकृतिक र गैर प्राकृतिक भनिने गरीएको बताउदै रावतले विपतको बेला कसरी काम गर्ने भन्ने विषयमा यो गोष्ठि सफल भएको विस्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि केन्द्रिय उपाध्यक्ष अजितकुमार शर्माले यो क्षेत्रमा प्राय जसो भुकम्प वाहेक अन्य प्राकृतिक विपदका घटनाहरु आइरहेका कारण त्यसबाट हुने क्षति कम गर्न तथा त्यसको व्यवस्थापनका लागी यो कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै उहाले कृतिमतामा पुर्णताको खोजी गर्नु असोभनिय भएपनि प्रस्तुतीकरणले कृतिमतालेनै आफुलाइ पुर्णताको नजिक पुर्याउने वास्तविक घटना सीत नजिक पुर्याउने कार्य गरेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जिल्ला प्राकृतिक हिसाबले उच्च जोखिममा रहेको बताउदै विशेष गरी वाढिका कारण विगतका वर्षहरुमा मानविय तथा भौतिक सरचनाको क्षति भएको बताउदै पुर्व तयारी तथा त्यसको व्यवस्थापनका लागी यसले मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको विपद व्यवस्थापनको प्रभावकारीता तथा आपतकालिन पुर्व तयारी तथा प्रतिकार्यकालागी ३ दिन सम्म आयोजना गरिएको राष्ट्रियस्तरको कृतिम घटना अभ्यास कार्यक्रममा विपदको वेलामा सुचना व्यवस्थापन प्रणाली, विपद लेखाजोखा तथा समन्वय टोली परिचालन , अस्थायी आवास सम्वन्धि कार्यहरु लगायतका विषयबस्तुहरुमा केन्द्रित भइ कृतिम अभ्यास कार्यक्रमको आयोजना गरिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनु भयो ।

कार्यक्रम जिल्ला दैविप्रकोप उद्धार समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा बर्दियाको मष्उभअजय बअत अन्तरगत राष्ट्रिय स्तरको सो कार्यक्रमको आयोजना गरिएको उहाले थप्नु भयो । कार्यक्रममा जिल्ला स्थित राजनितिक दल , नागरिक समाज , समाजसेवी , वुद्धिजिवि , गाविस सचिव , सन्चारकर्मि लगायतको सहभागीता रहेको थियो ।